![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका आगोलागी पिडित मतिकला जुग्जालीलाई टच मराङ अस्टे«लीयाले आर्थिक सहयोग गरेका छन् ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
गत वैशाख १५ गते आगोलागी हुँदा एकल महिला जुग्जालीको घर र त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएको थियो । आगलागी पिडित जुग्जालीलाई मराङमा जन्मिएर विभिन्न कामको शिलशिलामा अस्टे«लीयामा पुगेकाहरुले रु. एक लाख १४ हजार ८४० रुपैयाँ सहयोग गरेका हुन् ।
सो रकम डाँफे युवा कल्व मराङ र प्रगति युवा क्लव अर्गाङका पदाधीकारीहरु मार्फत जुग्जालीलाई उपलब्ध गराइएको छ ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)