रघुगंगाको चिमखोला र कुइनेमंगलेमा मोवाइल सेवा विस्तार

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको मोवाइल सेवा विस्तार भएको छ ।

रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिवाङ डाडामा अस्थाई विटिएस टावर जडान गरेपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने दुई वटा वडामा मोवाइल फोन सेवा विस्तार भएको हो ।

मोवाईल फोनका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेको छ । पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा बिटियस जडान गरेर सेवा सुचारु गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिमखडाले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘‘तत्कालको लागि विजुलीको पोलमा उपकरण जडान गरेका छाँै, टावर निर्माणको लागि ठेक्का लगाइ सकिएको छ, फाउण्डेसनको काम पनि सकिएको छ, छिट्टै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ’’– कार्यालय प्रमुख सिमखडाले भन्नुभयो । समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ ।

तत्कालको लागि टुजी र थ्रिजी मार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालनमा आउने रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थक बहादुर पाईजा (रिम)ले जानकारी दिनुभयो । उहाँका अनुसार, टावरका महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिका मार्फत टावर परिसरमा भवन समेत निर्माण भैसकेको छ ।

टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामाुनी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानी लगायतका दुर्गम बस्तीहरुमा मोवाइल फोनको सहज पहुँच पुगेको छ ।

दुर्गम बस्तीहरुमा मोवाइल फोनको लागि नेटवर्क खोज्दै अग्डा डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता टेलिकमको सेवा विस्तारपछि हटेको रितुङ मावि कुइनेमंगलेका शिक्षक याम घर्तिमिरेले बताउनुभयो । ‘‘सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनुपरेको थियो, अब अधिकाँश बस्तीका नागरिकले घरबाटै मोवाईल फोनको प्रयोग गर्न पाउने भएका छन्’’–उहाँले भन्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...