भकिम्लीमा उद्घोषण र भाषणकला तालिम शुरु

Gandaki Kotihome

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ ।

बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर जिसीले उद्घाटन गर्नुभयो ।

कार्यक्रम, बैठक, भेला र औपचारिक कार्यक्रम सञ्चालनका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप प्रदान गर्नुका साथै नेतृत्व र क्षमता विकास गर्न तालिम उपभोगी हुने वडा सदस्य जिसीले विश्वास व्यक्त गर्नुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

तीन दिन सम्म सञ्चालन हुने तालिमको नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतम, म्याग्दी जेसिजका पुर्व अध्यक्ष विनय श्रेष्ठ, बागलुङ जेसिजका पुर्व अध्यक्ष सुदिप राजभण्डारी र सञ्चारकर्मी वादल शाहीले सहजिकरण गर्नुहुने जनाइएको छ ।

तालिममा साविक भकिम्ली गाविसको ९ वटै वडाका ३० जनाको सहभागिता रहेको मञ्चका अध्यक्ष रामबहादुर किसानले बताउनुभयो । मञ्च मार्फत भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पूर्णकला जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति होम रोका, माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खिम पुन, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...