स्वाबलम्बन र आत्मनिर्भरताः आजको अपरिहार्य आवश्यकता

Sinchai Khanipani notice

चक्रबहादुर थापा

हाम्रो देश दिनप्रतिदिन दयनिय अबस्थामा पुग्न खोज्दैछ । चुनाब लगतै सम्पूर्ण बस्तु भाउको मूल्य आकासिएकोछ । दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, चिनी, तेल, फलफूल, तरकारी जस्ता चिजहरूको मूल्य चुनाउ पश्चात् निकैनै बृध्दि भएर हामी नेपाली जनता भोकमरिमा पुग्ने अवस्थामा धकेलिँदै छौं । नेपालमा निकट भविष्यमा श्रीलंकाले जस्तो भयाबह परिस्थितिको सामना गर्नुपर्ने अवस्था देखिँदैछ । तर, सरकार यसतर्फ कतिपनि संबेदनशिल भएको जस्तो लाग्दैन । नेपालका नेता र शासकहरू यतिबिधि महंगी बृध्दि हुँदापनि चुइक्क बोलेका छैनन् । यिनिहरूलाइ देशी, बिदेशी ब्यापारीहरूले चुनाउमा निकै सहयोग गरेको हुनुपर्छ । यसैले यिनिहरू त्यो चर्को मूल्यबृध्दि बिरुध्द नबोलेका हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।

Shreekrishna hardwear in news

यो देशका तमाम् समस्याहरूको बारेमा नेपाली शासकहरूले संबोधन गर्न र भ्रष्टाचार, कुशासन, कमिशनखोर, छलकपट आदिबाट टाँढिन सकेका छैनन् । आफ्ना जनता जतासुकै पुगुन्, मरून् या बाँचून चिन्ताछैन, यिनिहरू त कुर्सीकैलागि राजनीति गरुरहेकाछन् भनेर हामीले बुझ्नुपर्ने बेला आयो । यस्तो जटिल परिस्थितिमा स्वाबलम्बी र आत्मनिर्भर कसरी बन्ने भन्ने बारेमा अब प्रत्येक नेपालीले ढिलो नगरि सोच्नुपर्ने बेला आएकोछ । हामी परनिर्भरतामा धकेलिँदैछौं, स्वनिर्भर कहिले हुने भन्ने चिन्ता र चासो जगाउनुपर्ने बेला आएकोछ । देशका सम्पूर्ण उद्योग धन्दाहरू निजिकरणको नाउमा करोडौ कमिसनमा बेचिएकोछ र ति सबै उद्योग धन्दा कलकारखाना हाल बन्दछन् । हामी सदैव छिमेकी राष्ट्रको सम्पूर्ण सामग्री निर्यातमा निर्भरछौं । भविष्यमा हामीसंग किन्न सक्ने क्षमता (क्रयशक्ति) वा आयात् गर्ने पैसा भएन भने हाम्रो देश असफल राष्ट्रमा परिणत हुनेछ । र, हामी श्रीलंकाको बाटोमा पुग्नेछौं ।

Bhautik ministry notice about road

पहिले हाम्रो देशलाइ कृषिप्रधान देश वा कृषिमा आधारित देश भनिन्थ्यो तर अहिले आएर खरबौ रुँपैयाको कृषिजन्य सामग्री आयात् गरिरहेकाछौं, जसले गर्दा अब हाम्रो देश कृषि प्रधान देश रहेन, अधिकांश नेपाली जनता कृषि पेशामा छन् भनेर भनिएपनि यो भित्र सत्यता छैन । बिचारणीय कुरा यो छकि छिमेकी राष्ट्रले बाटोघाटोकालागि प्रसस्त सहयोग अनुदान दिएकाछन् तर हामिलाइ स्वाबलम्बी र आत्मनिर्भर बन्नकोलागि कुनैपनि उद्योग, कलकारखाना, कृषि, पशुपालन, पर्यटन जस्ता क्षेत्रमा सहयोग गरेको पाइएकोछैन । नेपाललाइ प्रयोग गरि फाइदा उठाउने उदेश्यले नेपाली उद्योग कलकारखाना बन्द गराउने रणनीति अपनाइ नेपालीहरूलाइ छिमेकी राष्ट्रहरूले भरपुर उपयोग गरिरहेको पाइन्छ । यो कुरा बुझेरपनि शासकहरू मौन बसेको पाइन्छ । दाताहरूले बाटोघाटो बनाउनमा लगानी गरिदिएपनि उत्पादनमुखि क्षेत्रमा सहायता कमै मात्रमा गर्छन् । उत्पादनमुखि क्षेत्रमा मुद्रा संचितकालागि यो दरलाग्दो आयातमा आधारित अर्थ ब्यवस्थालाइ ब्यापक न्युनिकरण गर्नकालागि अगाडि बढ्न र तत्काल परनिर्भरतामुखि दिनचर्यालाइ निमिट्यान्न पारि आत्मनिर्भरता र स्वाबलम्बनतर्फ अग्रसर हुन ढिलो भइसकेकोछ र यसतर्फ अगाडि बढ्न जरूरी भएकोछ ।  

नेपालमा कृषि संभावनाका बिबिध क्षेत्रहरूछन् । ति जग्गा जमिनमा देशको माटो, हावापानी सुहाउँदो ब्यवसायमूलक कृषि प्रणाली अबलम्बन गर्न आवश्यकछ । बिद्युत, खनिज पदार्थ, पर्यटन, कृषि लगायतका बिबिध क्षेत्रमा सरकारले राम्रो नीति नियम ल्याउनु पर्छ । जनतालेपनि आफ्नो मातृभूमिमा केहि गरौँ भन्ने चाहना राख्नु पर्छ । जनताले अधिकारमात्र खोज्नु हुँदैन आफ्नो कर्तब्यपनि निर्वाह गर्नुपर्छ । जग्गा जमिनहरू बाझो राखेर, छिमेकी मुलुकबाट आयात गरिएका खाद्य सामग्रीहरू प्रयोग गर्ने अल्छे बानी त्याग्नु जरूरीछ । ती बाझो बारीहरूमा बालीनाली लगाएर हराभरा पारेर स्वदेशमै उत्पादित बस्तुहरू प्रयोग गरेर स्वदेशमै उद्पादित बस्तुहरू दैनिक जीबनमा उपयोग गरेर वा स्वदेशमै उद्पादन हुन सक्ने, गर्न सक्ने कृषिजन्य ब्यवसायमूलक खेतिहरूको प्रबर्धन गरेर स्वाबलम्बी हुन सकेको अबस्थामा, मन बचन कर्मले तन मन धन दिएर अगाडि बढ्न सकेको खण्डमा अवश्यपनि आत्मनिर्भर हुन सकिने कुरामा दुइमत छैन ।

समयमै सचेत होऔं, यस बिषयमा सरकारको पहिलो ध्यान जावस्, हामी जनतालेपनि आफ्नो कर्तब्य नभुलौं, सत्ता राजनीतिको खेलमा हैन विकास र समृध्दि, दिगोपना र सुशासन, स्वाबलम्बन र आत्मनिर्भरतातर्फ उन्मुख होऔं, पहिले राष्ट्र जोगाऔं, श्रीलंकाको जस्तो भयाबह स्थिति नभित्रियोस्, सरकार र नागरिक समाज एकसाथ सचेत हुन जरूरी देख्छु । अस्तु

लेखक म्याग्दी प्रवासी नेपाली संघ (मोना)को निवर्तमान अध्यक्ष हुनुहुन्छ

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...