पुरुण्डीमा निशूल्क आँखा उपचार शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा बुधबार निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

म्याग्दी जेसिजको २४ औ स्थापना दिवसको अवसरमा सञ्चालित जेसिज सप्ताहको चौथो दिन आयोजित शिविरमा ३०५ जना लाभान्वित भएका छन् ।

Bhautik ministry notice about road

१०५ जनालाई निशूल्क चश्मा वितरण गरिएको म्याग्दी जेसीजका कार्यकारी उपाध्यक्ष कुमार बानियाले बताउनुभयो । १० जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । उनिहरुलाई मोतियाबिन्दुको शल्यक्रिया गर्ने व्यवस्था मिलाउने जेसिजले जनाएको छ ।

Shreekrishna hardwear in news

नेत्रज्योती संघको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो । शिविरमा जेसीजका पदाधीकारी समेत रहेका संघका नेत्र अधिकृत दिनेश बानियाको टोलीले आँखा परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको वडा अध्यक्ष गोविन्द बानियाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रम संयोजक हरि भण्डारीको स्वागत र कोषाध्यक्ष सुमन बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेत्रज्योती संघ म्याग्दीका सभापति अमर बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...