असार १ गतेदेखि लागु हुनेगरी म्याग्दीमा दूधको मूल्य बढाइयो

Add Samajik bikash office

बेनी । म्याग्दीमा दूधको मूल्य बढाइएको छ । बढेको दूधको मूल्य आगामी असार १ गतेदेखि लागू हुनेछ् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा मंगलबार बसेको केन्द्रका प्रमुख, कृषक, डेरी ब्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधीको बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

कृषकले प्रतिलिटर अधिकतम रु. ११० र ब्यापारिले प्रतिलिटर अधिकतम रु. १३२ मा दूध बिक्री गर्ने गरी मूल्य निर्धारण भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । गाईको दूधको कृषकले पाउने मुल्य प्रतिलिटर रु. ८० कायम गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

डेरी व्यवसायीले खरिद मूल्य भन्दा २० प्रतिशत भन्दा बढी मूल्य लिन नपाउने केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले बताउनुभयो । यसअघि कृषकले प्रतिलिटर अधिकतम रु. ९० का दरले दूध बिक्री गर्दै आएका थिए ।

दाना, घाँस, पराल र ढूवानी खर्चसँगै उत्पादन लागत बढेपछि कृषक पलायन हुने अवस्था आएपछि मूल्य बढाउनु परेको बेनपा ६ को आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रका सुरेश ढुङ्गानाले बताउनुभयो । बेनी बजारमा दूध आपुर्ति गर्दै आएका केन्द्रमा आवद्ध कृषकहरुले दूधको मूल्य बढाउन पहल गरेका थिए ।

केन्द्रमा आवद्ध २२ जना कृषकले मात्र बेनीमा हाल दैनिक एक हजार दूइ सय लिटर दूध ल्याउने गरेका छन् । जिल्लामा दुई वर्षअघि दूधको मूल्य निर्धारण गरिएको थियो । म्याग्दीमा डेढ सयको हाराहारीमा रहेका गाइभैसी फार्ममा पाँच सय जना निर्भर छन् । दैनिक दुई हजार पाँच सय लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारका ४२ वटा डेरी छन् ।

म्याग्दीको अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिंगा, सिमलचौर, बरंजा, घतान, तोरीपानी, पात्लेखेत, घार, पाउद्धार र राम्चेमा ब्यवसायिक गाईभैसी फार्म छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक्टन दूध उत्पादन हुन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...