यी १० पर्वतारोही : जसले जोखिमपूर्ण पहाडबाट २२ शवको उद्धार गरे

Gandaki Pardesh notice

सुन्दरकुमार थकाली

हिउँदयामपछिको जेठ महिनाको दोश्रो साता। मुस्ताङ घुम्ने अनुकुल मौसम। अर्को महिना त असार सुरु भैइहाल्छ। त्यसपछि बेनी–जोमसोम सडक वर्षाले सडकअवरुद्ध हुँदा मुस्ताङ आउजाउ सास्ती हुन्छ। यसैले धेरैजसो पर्यटक बैशाख र जेठ महिनामा मुस्ताङ घुम्न आउँछन्।

यो समयमा पर्यटकहरु पोखराबाट हवाई सेवामार्फत जोमसोम उत्रन्छन्। कुनै बेला यही समय दैनिक १० देखि १८ उडानसम्म हुन्छ। कोरोनापछिको जेठ महिनाको दोश्रो साता आईतबार पोखराबाट जोमसोमका लागि समिट एअरले पहिलो उडान गर्यो।

Shreekrishna hardwear in news

त्यसपछि जोमसोमबाट फर्किएर पुनः जोमसोमका लागि दोश्रो उडान गर्यो। त्यो जहाज जोमसोममा १०:१४ बजे अवतरण भयो। तर त्यही समिटको जहाजसंगै १ मिनेटपछि पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एअरको नाईन एनईटी टुईनेटर जहाज १०:१५ बजे जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। पोखराबाट उडेको तारा एअरको जहाज म्याग्दीको घोरेपानी डाँडा छिचोल्दै मुस्ताङको आकाशसम्म आईपुग्यो। तर मुस्ताङ प्रवेश गरेको सो जहाजले गलत दिशा लियो। मुस्ताङ प्रवेश गर्दा सम्पर्कमा ताराको जहाज दोश्रो पटक जोमसोम टावरसंग एकाएक सम्पर्क बिच्छेद भयो।

जहाज १०:३० मिनेटसम्म पनि सम्पर्क हुन नसेपछि जोमसोम विमानस्थलमा ब्यापक हल्लाखल्ला र कौतहला सृजना भयो। मुस्ताङ आईपुगेको जहाज कता गयो? के भयो? कस्तो अवस्थामा होला? आदी आदी प्रश्नहरु जन्मिन थाले।

ताराको जहाज पोखरा र जोमसोमको टावरबाट सम्पर्क टुटेपछि अनेकन अड्कलबाजी हुन थाले। जहाज हराएको १ घण्टापछि विभिन्न संञ्चार माध्यमबाट जहाज सम्पर्क विहिन भएको समाचार छ्यापछ्याप्ती प्रकाशित हुन थाल्यो। कतिपय अनलाईनमा हुचुवाको भरमा समाचार संम्प्रेषण हुन थाले। जोमसोम टावरले पोखरा टावरसंग निरन्तर जहाजका बिषयमा सम्पर्क गरिरह्यो।

मुस्ताङ प्रवेश गरिसकेको जहाज दुर्घटना भईसकेको धेरैले अनुमान गरे भने संञ्चार माध्यममा पनि त्यही खालका समाचारहरु पोष्ट हुन थाले। जहाज हराएको खबर प्राप्त भएपछि पोखराबाट फिस्टेल एअरको माउन्टेन हेली जोमसोम आईपुग्यो।

त्यसपछि सुरु भयो तारा एअरको जहाज खोजी कार्यको सुरुआत। हेलीले बिहान ११:३० बजेबाट थासाङ क्षेत्रको डाँडाकाढामा पुगेर जहाज खोज्न थाल्यो। तर लगातार ३ पटक फिस्टेलको माउन्टेन हेलीले प्रयास गर्दा पनि मौसम प्रतिकुलताका कारण जहाज खोज्ने काम सफल हुन सकेन।

Bhautik ministry notice about road

कतिपय मिडियाले त्यसबेलासम्म पुरानो फोटो राखेर समाचार छापे। दिउँसो २ बज्दै थियो। मुस्ताङ प्रशासनको समन्वयमा काठमान्डौंमा नेपाली सेनाको हेलिकोप्टर कोवाङ आईपुग्यो। त्यसपछि जोमसोमबाट मुस्ताङ प्रजिअ नेत्रप्रसाद शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक मोहनजंग कार्की र प्रहरी नायव उपरिक्षक रामकुमार दानीसहितको टोली थासाङको कोवाङमा पुग्यो। सेनाको हेली कोवाङमै थियो। केही नेपाली सेनाको टोली त्यहाँ थिए।

सबैतिर जहाज दुर्घटनानै भएको हो भन्ने अनुमान गरियो। जहाज बेपत्ता भएको दिन थासाङको मानापाथी हिमाल र धौलागिरी हिमाल आसपास बाक्लो हुस्सु र कुहिरो मडारिएको थियो। हवाई मार्गबाट जहाज खोज्न सम्भव थिएन। बेलुकी साँझ ५ बजे कैलाश एअर र ईएर डाईनोष्टिक हेली नाउरिकोट आईपुग्यो। त्यस हेलीमा थिए नेपाल राष्ट्रिय पर्वतारोहरण संघका टे्किङ गाईडको टोली थियो। उनीहरुलाई त्यहीँ छोडेर पोखराबाट आएको कैलाश र ईएर डाईनोष्टिक हेली उतै फर्कियो।

प्रशासनसंग सल्लाह गरी सोमबार बिहानैदेखि जहाज खोज्ने सहमती भयो। त्यसपछि सेनाको हेली जोमसोम बस्न गयो।

पर्वतारोहीहरु पेम्बा तेन्जिङ लामा, रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा, पासाङ नुरु शेर्पा, ओङ्छु शेर्पा, नरेन्द्र शाहीसहित तारा एअरका कोअर्डिनेटर राप्के शेर्पा र तारा एअरका कर्मचारी पेम्बा छिरि शेर्पा पैदलमार्ग हुँदै पानापाथी हिमाल उक्लिए। गृह मन्त्रालय, नेपाल टेलिकमको समन्वयमा जहाज थासाङको मानापाथीक्षेत्रमा दुर्घटना भएको अनुमान गरिएकाले पर्वतारोहरणसहित पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचनको स्थलमार्ग हुँदै ६ घण्टाको दुरी तय गरी बतासे डाँडा पुगे। त्यहा यार्सा खोज्ने ९ जनाको टोली पनि पाल टाँगेर बसेका थिए। दुर्घटनाको पहिलोदिन उद्दारका लागि खटिएका उनीहरु त्यो रात त्यही यार्सा टिप्नेसंगै पालमा बसे।

भोलिपल्ट उज्यालो भयो। बिहानै सानोसरे नजिक जहाज खोज्न पुगेका विशाल घर्ती मगरले जहाज क्षतिविक्षेत भएर दुर्घटना भएको देखे। जहाज टुक्राटुक्रा भएको दृष्य देखेपछि पर्यटनकर्मी ईन्द्रसिंह शेरचनलाई फोन गरी जानकारी गराए। शेरचनले पनि स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई दुर्घटना बारे जानकारी गराए। त्यसपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायका झन्डै ६० जनाको संयुक्त टोली सानोसरे पठाईयो। माउन्टेन हेलीबाट पनि सुरक्षाकर्मीलाई दुर्घटनाक्षेत्रमा पुर्याईयो। त्यसपछि सुरक्षाकर्मीको उपस्थितिमा नेपाल पर्वतारहण संघबाट आएका पर्यटक गाईडहरु शव खोज्न जुटे। उनीहरुलाई सुरक्षाकर्मीले ब्याक सपोर्ट गरे।

मानापाथी हिमालको फेद नजिकको सानोसरे अग्लो पहाडमा तारा एअरको जहाज ठोक्किएको रहेछ। जहाजमा सवार चालक दलसहित २२ जना यात्रु कोही जिवित नभएको सूचना आउन थाल्यो। जहाज खसेको स्थानमा ८–१० शव थिए।

केहीको टाउँको फुटेको, केही हातखुट्टा भाँचिएको र कसैको आन्द्रभुडी निक्लिएको निकै कारुणीक दृष्यले जोकोहीलाई स्तब्ध बनाउने दृष्य थियो। जहाजको आधाजसो शव केही खोल्सामा, केही भीरमा र केही खोल्सामा उछिट्टिएका देखिन्थे। विदेशी पर्यटक लिएर हिमाल चढ्ने तालिम प्राप्त पर्वतारोही गाईडहरु रेस्क्यु उपकरणसहित त्यहा गएका थिए। उनीहरु त्यहाँ मानवीय उद्दारका लागि गएका थिए।

निकै जोखिम र कष्ठ खेपेर सुरक्षा निकायको सहयोगमा दुर्घटनाको दोश्रो दिनको २ बजेसम्म २० जनाका शव संकलन गर्न सफल भए। त्यसक्षेत्रमा मौसम खराब भैरहन्थ्यो। दिउँसो २ बजेपछि मौसम बिग्रिएकाले शव खोज्ने काम स्थगित गरियो। त्यहाँ भिरालो सहतमा अड्किएको १ शव आँखाले देख्न सकिने भएपनि बाहिर निकाल्न कठिन भएकाले जम्मा २० शव मात्र संकलन भयो। सानोसरे लेंकमा जम्मा भएका २० शव मध्ये १० शव माउन्टेन हेलीले कोवाङमा झार्यो। त्यसपछि कोवाङमा आवश्यक कानुनी मापदण्ड पुरा गरी सेनाको हेलीले साँझ काठमान्डौं पुर्यायो।

लेकमा बाँकी रहेको १० शव नेपाली सेना र प्रहरीको निगरानीमा सुरक्षा आधार शिविरमा राखियो। जहाज दुर्घटनाको तेश्रोदिन थियो। पुन खटिए शव खोज्न पर्वतारोही गाईड सानोसरे क्षेत्रमा। मंगलबार बिहान ८ बजे अगावै बेपत्ता १ शव पहाडको खोल्सामा भेटियो। अर्को भिरमा अड्किएको शव पनि बाहिर निकालियो। त्यसबेलासम्म अघिल्लो दिन संकलन गरिएको १० शव माउन्टेन हेलीले कोवाङ झारिसकेको थियो। पछिल्लो दिन भेटिएको २ शव पनि बिहान १०:३० बजे कोवाङमा ल्याई पुर्याईयो। त्यसपछि नेपाली सेनाको जहाजले बिहान ११:०४ बजे कोवाङबाट १२ जनाको शव काठमाडौं पठायो। सबै शव फेला परेपछि जहाजमा सूचना संकलन गर्न राखिएको ब्ल्याक बक्स फेला परेपछि नागरिक उड्यन प्राधिकरणका कर्मचारीले काठमाडौं लगे।

जहाज दुर्घटना क्षेत्रको पहिचान, रेस्क्युर र हेलिकोप्टर सहजीकरण गर्न पुगेका पर्यटनकर्मी ईन्द्रसिंह शेरचनले नेपाल पर्वतारोहणको टिम र आफूले धेरै दु:ख र जोखिम मोलेर शव ल्याएको बताए।‘हुनत सुरक्षा निकायले पनि शव व्यवस्थापनमा अथक मेहनत गरेका हुन्, यद्यपी हाम्रो रेस्क्यु टोली नभएको भए शव निकाल्न निकै मुश्किल पर्थ्यो’, शेरचनले भने, ‘सुरक्षा निकायसंग खासै प्रभावकारी रेस्क्यु उपकरण थिएन, जुन पर्वतारोहण टिमसंग थियो। सबैको सामूहिक प्रयासले शव उद्धार गर्यौं, जस सुरक्षा निकाले मात्र पायो।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...