धवलागिरीमा आइतबार बिदा नहुने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतवार सार्वजनिक विदा नदिने भएको छ ।

मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले निर्णय अनुसार गाउँपालिका, मातहतका शाखा, वडा कार्यालय र विद्यालय शनिबार वाहेक ६ दिने सञ्चालन हुने बताउनुभयो ।

Bhautik ministry notice about road

परिक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी शनिवार र आइतबार दुई दिने विदा दिने र बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म कार्यालय खोल्ने संघीय सरकारको निर्णय धवलागिरीले कार्यान्वयन नगर्ने भएको हो ।

Shreekrishna hardwear in news

यसअघि म्याग्दीको बेनी नगरपालिका र मालिका गाउँपालिकाले शनिबार वाहेक हप्तामा छ दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । यसैगरी धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीलाई डाक्टर र इञ्जिनियर विषयको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

कार्यपालिकाको पहिलो बैठकले एमबिबिएस डाक्टर र इञ्जिनियर विषय अध्ययनका लागि एक÷एक जनालाई छात्रवृत्ति दिने निर्णय गरेको उपाध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...