रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् ।

मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट नेपाली काँग्रेसका पाँच र नेकपा माओवादी केन्द्रका एक जना उमेद्वार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

Bhautik ministry notice about road

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा काँग्रेसकी सम्झना परियार र माओवादीका होमबहादुर दर्जी विजयी हुनुभएको छ । महिला कार्यपालिका सदस्यमा काँग्रेसकी कुमारी पुर्जा गर्बुजा, धनमाया गोतामे, प्रिति गर्बुजा र सोमिता पुन निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news

विजयी उमेद्वारहरुले २७÷२७ मत पाउनुभएको छ । एमालेका उमेद्वारले १५÷१५ मत पाउनुभयो । गठबन्धनबाट एक कार्यपालिका सदस्य जितेपछि नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिकामा प्रतिनिधी शुन्य हुने अवस्थावाट जोगिएको छ ।

रघुगंगाको १६ सदस्यीय कार्यपालिकामा काँग्रेसका १२, एमालेका ३ र माओवादीका एक जनाको प्रतिनिधित्व हुने भएको छ । रघुगंगाको गाउँसभामा नेपाली काँग्रेसको बहुमत छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...