![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।
बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानमा महिला तर्फ एमालेका चार जना उमेद्वार निर्वाचित भएका हुन् । दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा एमालेका शंकर शेरचन र टेकबहादुर किसान एकल मनोनयन दर्ता भएपछि निर्बिरोध हुनुभएको थियो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
महिला सदस्यमा एमालेकी डिलकुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुले १८÷१८ मत पाउनुभएको छ । काँग्रेस र माओवादीको गठबन्धनका उमेद्वारले ९÷९ मत पाउनुभएको छ ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
कुल २७ जना मतदाता रहेको मंगलाको कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका अध्यक्ष, उपाध्यक्ष र तीन जना वडा अध्यक्ष सहित १८ जना, नेपाली काँग्रेसका ५ र माओवादी केन्द्रका चार जना मतदाता छन् । १३ सदस्यीय मंगलाको कार्यपालिकामा एमालेका अध्यक्ष, उपाध्यक्ष र तीन जना वडा अध्यक्ष सहित ११ जना भएका छन् ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)