हवाई र स्थलमार्गबाट उद्दारकर्ता परिचालन भएपनि दिउँसोसम्म सम्पर्क विहिन जहाज फेला परेन्

Add Samajik bikash office

बेनी, शनिबार बिहानदेखि सम्पर्कविहिन तारा एयरको जहाज खोज्न नेपाली सेनाको उद्दार टोली मुस्ताङ आएको छ ।

आवश्यक सामग्री सहित उद्दारकर्ताहरु चढेर आएको सेनाको हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा अवतरण गरेको छ । कोवाङमा रहनुभएका जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भौगोलिक विकटता र खराब मौसमका कारण उद्दारकर्ताहरु सम्भावित ठाउँमा पुग्न नसकेको बताउनुभयो ।

“सेना र निजी क्षेत्रको हेलिप्टर कुहिरोका कारण सम्भावित ठाउँमा पुग्न नसकेर फर्किएको छ,” उहाँले भन्नुभयो “घना जंगल र हिमालको फेदिको पहाड भएकाले पैदल मार्गबाट गएको टोलीले पनि ठाउँ पत्ता लगाउन सकेको छैन् ।” दिउँसो ३ः३० बजेसम्म सम्पर्क विहिन जहाजको अवस्था पहिचान नभएको पाण्डेले बताउनुभयो ।

Shreekrishna hardwear in news

काठमाडौबाट नेपाली सेनाका उद्दारकर्ताहरु आवश्यक सामग्री सहित हेलिकप्टर ल्याएर कोवाङ आएका हुन् । कोवाङ, लेते र घाँसा आसपासको क्षेत्रमा शनिबार बिहानैदेखि कुहिरोले आकाश ढाकेको छ । लेकमा रहेका चौरी र भेडा गोठालाहरुलाई पनि जहाज खोज्न परिचालन गरिएको छ ।

Bhautik ministry notice about road

धौलागिरी, टुकुचे र मानापाथी हिमाल, घाँसाको जंगल, लेते डाडा र कोवाङको तौलके क्षेत्रलाई केन्द्र मानेर खोजी भैरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । जनप्रतिनिधी र सुरक्षा अधिकारीहरु कोवाङ–लेते क्षेत्रलाई आधार बनाएर खोजीमा जुटेपनि प्रतिकुल मौसमका कारण समस्या भएको छ ।

सेनाको हेलिकप्टर आउनुअघि जोमसोमबाट सम्भावित ठाउँतर्फ गएको फिस्टेल एयरको हेलीकप्टर पनि कुहिरोका कारण ठाउँ पत्ता लगाउन नसकेर फर्किएको थियो । प्रतिकुल मौसमका कारण सम्पर्कविहिन जहाज खोज्न समस्या भएको छ । उद्दारकर्ताहरु अनुकुल मौसमको पर्खाइमा छन् । ठाउँ पत्ता लगाएपछि उद्दारमा केन्द्रित हुने योजना बनाएका छन् ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान विहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । स्थानीयबासीहरुले कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरातर्फ फर्किएको बताएका छन् । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु छन् । जहाजमा १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक रहेका तारा एयरले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...