बेनीको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् ।

बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार भएको मतदानबाट नेपाली काँग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३ र नेकपा एकिकृत समाजवादीका एक जना उमेद्वार विजयी भएका हुन् ।

दलित वा अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका मनकुमारी विश्वकर्मा, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा, नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा, महिला सदस्यतर्फ नेपाली काँग्रेसका निर्मला मल्ल, बबिता सापकोटा सृजना श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मिनाकुमारी कार्की र सुजाता किसान निर्वाचित हुनुभएको हो ।

Shreekrishna hardwear in news

बेनपा–७ मा गठबन्धनबाट नेपाली काँग्रेसको चुनाव चिन्हबाट उमेद्वार भएकी सुजाता किसान नेकपा माओवादी केन्द्रकी हुनुहुन्छ । बेनीमा जुन दलको वडा अध्यक्ष हुन्छ त्यही दलको चुनाव चिन्ह लिएर गठबन्धनका उमेद्वार चुनाव लडेका थिए ।

Bhautik ministry notice about road

कार्यपालिका सदस्यमा निर्वाचित कृष्णकुमार विश्वकर्मा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हुनुहुन्छ । यसअघिको नगर कार्यपालिकामा पनि उहाँ सदस्य हुनुहुन्थ्यो । बेनी नगरपालिकाको कार्यपालिका र सभामा गठबन्धनको बहुमत बनेको छ ।

नेकपा एमालेले मेयर र पाँच वटा वडाको अध्यक्ष सहित २३ पदमा जितेको थियो । नेकपा माओवादी केन्द्रले उपमेयर र दुई वटा वडा अध्यक्ष, नेपाली काँग्रेसले तीन वटा वडा अध्यक्ष जितेका थिए । कार्यपालिकाको चुनावबाट ८ जना गठबन्धनका उमेद्वार निर्वाचित भएपछि कार्यपालिकामा २० मध्य गठबन्धनका १४ जना सदस्य भएका छन् ।

५२ जना मतदाता रहेकोमा गठबन्धनका सबै उमेद्वारले उमेद्वारले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको २९÷२९ मत पाएर विजयी हुनुभएको छ । नेकपा एमालेका कार्यपालिका सदस्यका उमेद्वारहरुले २३÷२३ मत पाउनुभएको छ ।

बेनीको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले ८ मध्य एक सिट नेकपा एकिकृतलाई दिएर तालमेल गरेका थिए । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित नगरसभाका सदस्यहरुको मतदानबाट कार्यपालिका सदस्य निर्वाचित गरिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...