प्रतिकुल मौसमका कारण हराएको जहाज खोज्न समस्या

Gandaki Kotihome

मुस्ताङ । शनिबार बिहानदेखि हराएको तारा एयरको जहाज खोज्न प्रतिकुल मौसमका कारण समस्या भएको छ ।

जहाज हराएको शंका गरिएको थासाङ गाउँपालिकाको लेते माथिको डाडाँ र घाँसाको जंगलमा केन्द्रित गरेर खोजी गरिएपनि दिउँसो १ बजेसम्म भेटिएको छैन् । जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकप्टर खराब मौसमका कारण फर्किएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले बताउनुभयो ।

“११ बजे गएको हेलिकप्टर खराब मौसमका कारण शंका गरिएको ठाउँमा छिर्न नसकेर फर्कियो,” उहाँले भन्नुभयो “सो क्षेत्रमा भएका चौरी र भेडा गोठालालाई सम्पर्क गर्नुका साथै पुन हेलिकप्टर पठाउने प्रयास गरिरहेका छौ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचन लगायत सुरक्षा अधिकारी र जनप्रतिनिधीहरु लेतेबाट हराएको जहाज खोजिका लागि सम्पर्क र समन्वय गरिरहनुभएको छ ।

लेते र आसपासको क्षेत्रमा बिहानै देखि बाक्लो कुहिरो लागेको छ । बिहान पानी परेपनि दिउँसो रोकिएको छ । तर कुहिरो नहटेकाले स्थल र हवाई मार्गबाट जहाज खोज्न गरिएको प्रयासले सार्थकता पाउन नसकेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । सो क्षेत्रमा घना जंगल, हिमाल र अप्ठ्यारो पहाड छ ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान विहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । स्थानीयबासीहरुले कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरातर्फ फर्किएको बताएका छन् ।

पोखरा विमानस्थलबाट जहाज उडाउनुअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका इन्द्रसिंह शेरचनलाई मौसमको अवस्थाका बारेमा जानकारी मागिएको थियो । “बिमानस्थललाई कुहिरो लागेकाले जहाड उडाउन ठिक नहुने सुझाव दिएको थिए,” उहाँले भन्नुभयो । हराएको जहाजमा चालक दलका तीन जना र ९ जना यात्रु थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...