धवलागिरीको कार्यपालिका सदस्यमा १२ जनाको उमेद्वारी

Add Samajik bikash office

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि बुधबार १२ जनाको मनोनयन दर्ता भएको छ ।

मुना स्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका ६, नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र १ जना स्वतन्त्रले उमेद्वारी दर्ता गराउनुभएको हो । महिलातर्फबाट चार र अल्पसंख्यक वा दलित सदस्य २ जनाका लागि जेठ १५ गते मतदानको कार्यतालिका बनाइएको छ ।

अल्पसंख्यक वा दलिततर्फ एमालेका करन छन्त्याल, बलबहादुर बिक, काँग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र देउप्रसाद छन्त्याल पुनले मनोनयन दर्ता गर्नुभएको छ । देउप्रसाद नेकपा एकिकृत समाजवादीका नेता हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महिलातर्फ एमालेका गंगादेवी पुन, दिलमाया बिक, राजकुमारी कामी र सन्ता गर्बुजा, काँग्रेसका फुलमाया बुढाथोकी र नरकुमारी बुढाथोकीले मनोनयन दर्ता गर्नुभएको छ । काँग्रेसकी नरकुमारी माओवादीको चुनाव चिन्हबाट वडा नम्बर ७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

माओवादी केन्द्रबाट डिलकुमारी वि.क. र सिताकुमारी छन्त्यालले मनोनयन दर्ता गराउनुभएको छ । धवलागिरीको कार्यपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

कार्यपालिका सदस्यका लागि ३७ जना मतदाता छन् । नेपाली काँग्रेससँग गाउँपालिका अध्यक्ष, दुई जना वडा अध्यक्ष सहित १३ जना, नेकपा माओवादी केन्द्रसँग गाउँपालिका उपाध्यक्ष, दुई जना वडा अध्यक्ष सहित ६ जना, नेकपा एमालेसँग तीन जना वडा अध्यक्ष सहित १४ जना र एक जना स्वतन्त्र मतदाता छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...