मंगलामा दुई जना कार्यपालिका सदस्य निर्बिरोध

Add Samajik bikash office

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचन अन्तरगत दुई जना निर्बिरोध भएका छन् ।

दलित वा अल्पसंख्यक तर्फका दुई जना सदस्यका लागि नेकपा एमालेका टेकबहादुर किसान र शंकर शेरचनको मात्र मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलले दलित वा अल्पसंख्यक तर्फका कार्यपालिका सदस्यमा मनोनयन दर्ता गराएका दुई जना निर्बिरोध भएका बताउनुभयो ।

Bhautik ministry notice about road

कार्यपालिकाको चार जना महिला सदस्यमा नेकपा एमालेका डिलकुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय, नेपाली काँग्रेसका श्रीकला घिमिरे र होममाया बुढाथोकी, नेकपा माओवादी केन्द्रका टिकादेवी कामी र भेषकुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ ।

Shreekrishna hardwear in news

कुल २७ जना मतदाता रहेको मंगलाको कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका अध्यक्ष, उपाध्यक्ष र तीन जना वडा अध्यक्ष सहित १८ जना, नेपाली काँग्रेसका ५ र माओवादी केन्द्रका चार जना मतदाता छन् । जेठ १५ गते कार्यपालिका सदस्यको चुनावको मिति तय भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...