बेनीको कार्यपालिका सदस्यमा १६ जनाको उमेद्वारी

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि छ र छ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् ।

नेकपा एमालेका आठ जना, नेपाली काँग्रेसका पाँच, नेकपा माओवादी केन्द्रका दुई, नेकपा एकिकृत समाजवादीका एक जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दलित वा अल्पसंख्यकतर्फ एमालेका भोजबहादुर थापा, सुनिता बोहोरा, सुवास बि.क., काँग्रेसका मनकुमारी बिक, माओवादीका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

महिलातर्फ एमालेकी जानकी वि.क., जानकी शर्मा, दुर्गाकुमारी शर्मा, नरु थजाली, निर्मला शर्मा सापकोटा, नेपाली काँग्रेसका निर्मला मल्ल, बबिता सापकोटा, सुजाता किसान, सृजना श्रेष्ठ र नेकपा माओवादी केन्द्रका मिनाकुमारी कार्कीले मनोनयन दर्ता गर्नुभएको छ ।

बेनी नगरपालिकामा नेकपा एमालेका नगर प्रमुख, पाँच जना वडा अध्यक्ष सहित २३ जना, नेकपा माओवादी केन्द्रका उपप्रमुख, दुई जना वडा अध्यक्ष र काँग्रेसको चुनाव चिन्हबाट जितेका सहित १५ जना, नेपाली काँगेसका तीन जना वडा अध्यक्ष सहित १४ जना मतदाता छन् ।
बेनीको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले ८ मध्य एक सिट नेकपा एकिकृतलाई दिएर तालमेल गरेका छन् । गठबन्धनको पक्षमा २९ मत छ । नेपाली काँग्रेसले चार, माओवादीले तीन र एसले एक जनाको मनोनयन दर्ता गरेका छन् । एमालेले कार्यपालिका सदस्यको चुनाव जित्न गठबन्धनभित्रकै मत क्रस गराउनुपर्ने हुन्छ । गठबन्धनलाई मत सुरक्षित राख्न र एमालेलाई क्रस गराउन चुनौति छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...