रघुगंगाको कार्यपालिका सदस्यका लागि १३ जनाको मनोनयन दर्ता

Add Samajik bikash office

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उमेद्वारको मनोनयन दर्ता भएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली काँग्रेसका ६, नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनयन दर्ता गरेका हुन् ।

Bhautik ministry notice about road

रघुगंगामा महिलातर्फ चार र दलित वा अल्पसंख्यकबाट दुई जना कार्यपालिका सदस्य निर्वाचित हुदैछन् । महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेका आईती दर्जी, उमादेवी के.सी., रसिला परियार, जयन्ती मल्ल भण्डारी, काँग्रेसकी कुमारी पुर्जा गर्बुजा, धनमाया गोतामे, प्रिति गर्बुजा र सोमिता पुनले मनोनयन दर्ता गर्नुभएको छ ।

Shreekrishna hardwear in news

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका कल्पना परियार, फुलकुमारी दमाई, काँग्रेसका रिमबहादुर बिक, सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जीले मनोनयन दर्ता गर्नुभएको छ ।

रघुगंगामा नेपाली काँग्रेसका अध्यक्ष, उपाध्यक्ष र पाँच जना वडा अध्यक्ष सहित २७ जना मतदाता छन् । नेकपा एमालेका तीन जना वडा अध्यक्ष सहित १५ जना मतदाता छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...