बेनीका सवै स्वास्थ्य संस्थामा हरेक महिनाको १५ गते नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन गरिने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले आन्तरिक आम्दानी बृद्धीका लागि स्रोतको पहिचानमा जुटेका छन् ।

नगरपालिकाको विकास गतिविधी, कार्यक्रम सञ्चालन र नागरिकको सेवा सुविधा वृद्धिका लागि आम्दानीको स्रोत पहिचान र परिचालनमा अध्ययन थालिएको नगरप्रमुख सुरत केसीले नेपाल पत्रकार महासंघ म्याग्दीले बुधबार आयोजना गरेको कार्यक्रममा जानकारी दिनुभयो ।

“नगरपालिका हुनका लागि वार्षिक रु. चार करोड भन्दा बढी आन्तरिक आम्दानी हुनुपर्ने रहेछ,” उहाँले भन्नुभयो “नदीजन्य बस्तुको उत्खनन् र निकासीको ठेक्का नहुनु, व्यवसाय र घरवाहल कर उठाउन नसक्नु आदिका कारणले करिब रु. तीन करोड पचास लाखको लक्ष्य भेटाउन पनि चुनौति देखिएको छ ।”

Shreekrishna hardwear in news

आन्तरिक आम्दानीको लक्ष्य पुरा गर्न वक्यौता रकम उठाउन कदम चालिने नगरप्रमुख केसीले बताउनुभयो । नगर उपप्रमुख ज्योती लामिछाने पौडेलले संघ र प्रदेश सरकारसँगको साझेदारीमा कार्यान्वयन गर्न आर्थिक वर्षको पहिलो चौमासिकमै ठेक्का लागेको केही आयोजनाहरु अहिलेसम्म शुरु नहुँदा आगामी आर्थिक वर्षका लागि नगरपालिकामा दायित्व सिर्जना हुने देखिएको बताउनुभयो ।

“ठेक्का लागेर काम नभएका योजनाको स्थलगत अनुगमन र निर्माण व्यवसायीलाई तोकिएको परिणामको काम गर्न ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “योजना र बजेट कार्यान्वयन आर्थिक वर्षको पहिलो चौमासिक देखिनै थालेर आएको बजेट समेत परिचालन नहुने, योजना अधुरा बन्ने समस्या हटाउछौ ।”

Bhautik ministry notice about road

नगर प्रमुख केसीले हरेक महिनाको १५ गते नगरपालिकाको सवै स्वास्थ्य संस्थामा नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो । चिनीरोग, रक्तचाप र युरिक एसिडको परिक्षण गरिने शिविर सञ्चालनका लागि बेनी अस्पतालसँग समन्वय गर्ने उहाँले बताउनुभयो ।

“दैनिक ज्यालादारी गर्ने समुदायमा दिनमा कमाउने र बिहान बेलुकी खाएर सक्ने समस्याले आर्थिक, सामाजिक अवस्थामा परिवर्तन आउन सकेको छैन,” उहाँले भन्नुभयो “मजदुर सम्बद्ध संगठन र रोजगारदाताहरुसँग समन्वय गरेर श्रमकार्ड र मासिक ज्यालाको व्यवस्थापन गर्ने योजना बनाएका छौ ।”

जेष्ठ नागरिकहरुलाई घरघरमै पुगेर स्वास्थ्य परिक्षण सेवा दिने कार्यक्रम ल्याउने नगरप्रमुख केसीले बताउनुभयो । नगरप्रसखु केसी र उपप्रमुख पौडेलले नगरको समस्या पहिचान र समाधानमा पत्रकारिता क्षेत्रबाट खबरदारिसँगै रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

उपप्रमुख पौडेलले महिला, किशोरी, युवाको शसक्तिकरणसँगै उनिहरुलाई आयआर्जन र उत्पादनमा जोड्ने कार्यक्रम ल्याउने बताउनुभयो । सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण विधी, बालविकास केन्द्र थप गर्ने र पूर्वाधारका योजनाहरुलाई गुणस्तरीय तथा दिगो बनाउन नगर प्रमुख केसी र उपप्रमुख पौडेलले प्रतिवद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले जिल्लामा पत्रकार तथा सञ्चार माध्यमको अवस्था, समस्या र अपेक्षाको वारेमा जानकारी गराउनुभएको थियो । महासंघले नगरपालिकाको सञ्चार सम्बन्धी कानुनलाई पत्रकारमैत्री बनाउन, लोककल्याणकारी विज्ञापनको व्यवस्था र सञ्चार माध्यममा हुने खर्चलाई व्यवस्थित बनाउन, नगरपालिकाले उपलब्ध गराएको जग्गामा महासंघको कार्यालय भवन बनाउने वातावरण बनाउन सुझाव दिएको छ ।

शाखा सचिव सन्तोष गौतमले सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको कार्यक्रममा नगर प्रमुख र उपप्रमुखले स्थानीय सञ्चार माध्यमको सवलीकरण, पत्रकारिताको प्रर्वद्धनमा सघाउने प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...