‘पुस्तक छैन, कसरी पढ्नु ?’

Add Samajik bikash office

बेनी । नयाँ शैक्षिक सत्र शुरु भएको एक साता वितेपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकहरुलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयहरुको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन् । पाठ्यक्रम यथावत भएका अनय कक्षाका विद्यार्थीहरुले पुराना पुस्तक पढेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पठाउन, आफूहरुलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“कितान नहुँदा अप्ठ्यारो भएको छ,” बालमन्दिर आधारभूतको कक्षा ७ की विद्यार्थी पुस्पा केसीले भन्नुभयो “सर मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न समस्या भएको छ ।” कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको थियो ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीहरुलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीहरुलाई यसअघि उनिहरुले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् । गाता नभएका, केरेमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताउनुभयो ।

नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको बालमन्दिर आधारभूत विद्यालयकी शिक्षक गिता सुवेदीले बताउनुभयो । “पाठ्यक्रम यथावत रहेको कक्षामा पुराना पुस्तक वितरण गरेर काम चलाएका छौ,” उहाँले भन्नुभयो “फेरिएको पाठ्यक्रम अनुसारको नयाँ पुस्तक नहुँदा पाठ अघि बढाउन सकिएको छैन् ।”

Bhautik ministry notice about road

२३२ वटा सामुदायिक विद्यालय भएको म्याग्दीमा एक वटा कक्षाका लागि एक हजार सात सय देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक रु. एक करोड १२ लाख भन्दा बढी बजेट खर्च हुन्छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाराम गौतमले जनक शिक्षा सामग्री लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाई गरेको बताउनुभयो ।

“मतपत्र छपाउँदा पुस्तक छाप्न ढिलाई भएको कारण देखाइएपनि कागज अभावले पुस्तक छपाईलाई प्रभावित बनाएको हो,” उहाँले भन्नुभयो “न्युन संख्यामा छापिएका पुस्तकको वितरण पनि वैज्ञानिक र व्यवस्थित छैन् ।”

जनक शिक्षा सामग्री लिमिटेडको पोखरा स्थित कार्यालयले मंगलबार पोखरामा आयोजना गरेको वितरकहरुसँगको वैठकले आएका पुस्तक प्रदेशभरका जिल्लामा दामासाहीका दरले वितरण गर्ने निर्णय गरेको छ ।

“कक्षा छ को ३४ हजार पुस्तक अवस्थाक पर्नेमा अहिले चार हजार मात्र आएको छ,” महासंघका प्रदेश अध्यक्ष गौतमले भन्नुभयो “पुरा सेटमा पुस्तक नआएको र भएको पुस्तक पनि वितरण व्यवस्थित र वैज्ञानिक नहुँदा समस्या हुने देखिन्छ ।”

पुस्तक व्यवसायी तथा वितरकहरुका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पुरा पुस्तक आएको छैन् । यसअघिका वर्षमा शैक्षिक सत्र शुरु हुनुअघिनै विद्यार्थीको हात हातमा पुस्तक उपलब्ध गराइदै आएको थियो । म्याग्दीका पुस्तक व्यवसायीहरुले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र बनाएर विद्यालयहरुलाई उपलब्ध गराउदै आएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...