मोटरसाइकल डोराएर मूल्यवृद्धीको विरोध

Gandaki Pardesh notice

बेनी, । डिजेल, पेट्रोल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस लगायत इन्धनको निरन्तर मूल्य वृद्धिको बिरोधमा मंगलबार बेनीमा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् ।

बेनीबजारको क्याम्पसचोकबाट मोटरसाईकल डो¥याएर युवा तथा विद्यार्थीले शुरु गरेको विरोध ¥याली जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले सरकारले नेपाली जनतालाई महङ्गी र भ्रष्टाचारको उपहार दिएको आरोप लगाउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

विद्यार्थी नेता सुवास विश्वकर्माले सरकारले तत्काल मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीको विशेष उपस्थिति रहेको कार्यक्रम युवा संघ म्याग्दीका संयोजक शिशिर शाहीको अध्यक्षता र अनेरास्ववियुका जिल्ला सचिव मिलन खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाल आयल निगमले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ६३, हवाई इन्धनको प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ । निगमले यसअघि गएको वैशाख ३१ गते पनि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...