लोकप्रिय निर्णय गर्दै वडाका जनप्रतिनिधीहरुले पदवाहली गरे

Add Samajik bikash office

बेनी, । म्याग्दीका स्थानीय तहका वडा अध्यक्षहरुले पदवाहलीका क्रममा विभिन्न लोकप्रिय निर्णयहरु गरेका छन् ।

सपथग्रहणपछि वडा कार्यालयमा पदभार ग्रहण गर्दै उनिहरुले टोल टोलमा पुगेर सेवा दिने, सवै वस्तीमा इन्टरनेट विस्तार गर्ने, खादाको प्रयोग गर्ने, विपन्न र असाहयको स्वास्थ्य विमा गरिदिने लगायतका निर्णय गरेका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निवर्तमान जनप्रतिनिधीले स्वागत र बधाई दिदै बिदाई भएका छन् । नवनिर्वाचितले निवर्तमान भएकाहरुलाई सम्मान गर्दै बिदाई गरेका छन् । कतिपय ठाउँमा चुनावमा प्रतिस्पर्धा गरेकाहरुले विजयीलाई बधाई दिदै सकारात्मक काममा साथ दिने प्रतिवद्धता र कमजोरीमा खबरदारीको संकेत गरेका छन् ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिका–७ ताकमका नवनिर्वाचित जनप्रतिनिधीहरुको मंगलवार पदभार ग्रहण गरेपछिको पहिलो वैठकले विपन्न र असाहय नागरिक पहिचान गरेर उनिहरुको स्वास्थ्य विमा गगरेर उपचार सेवामा पहुँच बढाउने निर्णय गरेका छन् ।

Bhautik ministry notice about road

वडा अध्यक्ष अशोक खत्री, सदस्यहरु रामबहादुर खत्री, बिरबहादुर हर्मेल, नरकुमारी बुढाथोकी र डिलमाया वि.क.लाई निवर्तमान वडा अध्यक्ष कलानिधी सुवेदी र सदस्य देवबहादुर थापाले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित जनप्रतिनिधीहरुले निवर्तमान वडा अध्यक्ष सुवेदी र थापालाई सम्मान गर्दै वडाको सेवा प्रवाह र विकास निर्माणमा सहकार्य गर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिका– ६ मराङका जनप्रतिनिधीहरुले पदभार ग्रहण लगत्तै वडाका सवै वस्तीमा इन्टरनेट सेवा विस्तार गर्ने निर्णय गर्नुभएको छ । दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित राजाराम सुवेदीले सेवा प्रवाहलाई सहज बनाउन प्रविधीको प्रयोगका साथै अघिल्लो कार्यकालमा बाँकी रहेका विकास निर्माणलाई प्राथमिकता दिने बताउनुभयो ।

रघुगंगा गाउँपालिका–६ पाखापानीका जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि पहिलो वैठकबाट टोल टोलमा पुगेर सेवा दिने निर्णय गरेका छन् । वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले वडाका सवै वस्तीमा इन्टरनेट सेवा विस्तार गरेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र टोलबाटै वडाको घुमित सेवा दिने निर्णय गर्नुभएको हो ।

मंगला गाउँपालिका–१ कुहुँका वडा अध्यक्ष एकजित रोकाले खादाको प्रयोग नगर्ने निर्णय गर्नुभएको छ । बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले कार्यालय परिसरमा विरुवा रोपेर पदभार ग्रहण गर्नुभयो । वडाका जनप्रतिनिधीहरुले लोकप्रिय निर्णय र फरक शैली अपनाएर कार्यकाल थालनी गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...