जेसिज सप्ताह मनाइने

Gandaki Pardesh notice

बेनी । म्याग्दी जेसिजको २४ औ स्थापना दिवस साताब्यापी विविध कार्यक्रम गरेर मनाइने भएको छ ।

बेनीमा आइतबार बसेको म्याग्दी जेसिजको दोस्रो साधारणसभाले जेठ १५ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । दिवस मनाउन जेसिजका पदाधीकारीहरुको संयोजकत्वमा कार्यविभाजन र जिम्मेवारी तोकिएको शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

जेठ १५ गते जेसिज कार्यालयमा उद्घाटन गरिने सप्ताहको १६ गते निशूल्क दन्त परिक्षण, १७ गते राष्ट्रिय÷झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षण, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते मेरो जनप्रतिनिधीलाई सुझाव र २१ गते जिसस सभाहलमा १८ औ अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता सहित सप्ताहको समापन गरिने भएको छ ।

Shreekrishna hardwear in news

म्याग्दी जेसिजले युवाहरुको नेतृत्व, क्षमता र व्यक्तित्व विकास, विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, विपद् व्यवस्थापन र महामारीको समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...