मालिकाको कार्यपालिका सदस्यमा १२ जनाको उमेद्वारी

Gandaki Pardesh notice

बेनी। म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्यका लागि १२ जनाको उमेद्वारी दर्ता भएको छ ।

निर्वाचित जनप्रतिनिधीहरु मतदाता रहेको कार्यपालिकामा नेकपा एमालेले ६, नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकिकृत समाजवादीले एक जनाको मनोनयन दर्ता गरेका छन् ।

महिलाको ४ र दलित तथा अल्पसंख्यक सदस्यको २ पदका लागि निर्वाचन अधिकृतको कार्यालयले चुनावी प्रक्रीया अघि बढाएको हो । कार्यालयले सार्वजनिक गरेको उमेद्वारहरुको सूचिमा निवर्तमान गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु जुग्जाली पनि नेकपा एमालेबाट उमेद्वार बन्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एमालेबाट महिला तर्फ गौमति चपाई, छरदेवी घर्ति, प्रतिक्षा वि.क., मनकुमारी पुन र दलित वा अल्पसंख्यक कोटाबाट निवर्तमान उपाध्यक्ष जुग्जाली र खिममाया पटेल उमेद्वार बन्नुभएको छ ।

नेपाली काँग्रेसबाट महिला तर्फ तुलसीदेवी पुर्जा, भिमकुमारी पुन र तनदेवी पुर्जा, माओवादी केन्द्रबाट महिलातर्फ देवी पटेल, दलित वा अल्पसंख्यकतर्फ दलबहादुर खड्काथोकी र एकिकृत समाजवादीका अनुप गौचनको मनोनयन दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्यपालका सदस्यका उमेद्वार खरमाया बिटालु जुग्जालीका विरुद्ध दावी बिरोध परेको छ ।

मालिका गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि निर्वाचित ३७ जना मतदाता छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, तीन वटा वडा अध्यक्ष र १२ जना वडा सदस्य मतदाता छन् । एमालेको १७ मत छ ।

नेपाली काँग्रेसका तीन जना वडा अध्यक्ष सहित १५ जना मतदाता छन् । नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य सहित पाँच जना मतदाता छन् । कार्यपालिकाको निर्वाचनमा काँग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीले अघोषित तालमेल गरेका छन् । गत वैशाख ३० गतेको चुनावमा तीन वटै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...