बेनी नगरपालिकाको निर्वाचन लाई फर्केर हेर्दा

Sinchai Khanipani notice

हरिप्रसाद पौडेल
स्थानिय तह निर्वाचन–२०७९को अन्तिम परिणामहरू आईरहेका छन् । मत विश्लेषण र यसको आधारमा दलहरुले बनाउने धारणा आ–आफ्ना हुन सक्छन् । बेनी नगरपालिकाको मत गणना पुर्णरुपमा सम्पन्न भएको छ । गठबन्धन गरेका दलहरुमा आरोप प्रत्यारोप सुरु भैसकेको छ । यसो हेर्दा गठवन्धनको मर्म बेनी नगरपालिका मा कायम हुन नसकेको भन्न सकिन्छ । प्रमुख र उपप्रमुखमा गठवन्धन गरेका कांग्रेस–माओवादी सबै वडाहरुमा गठबन्धन गर्न नसक्दाको फाइदा प्रतिद्वन्द्वी एमालेले राम्रैगरी उपयोग गरेको आकलन गर्न सकिन्छ । वडामा एकल प्रतिस्प्रर्धा गर्नुपर्दा प्रमुख र उपप्रमुखमा भोट क्रस भएको देखिन्छ । दुई नं वडामा गठबन्धनबाट अध्यक्ष निर्वाचित हुंदा त्यतिनै मत प्रमुख मा न–आउनु उपप्रमुख लाई बढी आउनु त्यस्तै १, ३, ४, ५ नं. वडामा एकल प्रतिस्पर्धामा उत्रदा प्रमुख लाई नेपाली कांग्रेस का अध्यक्षलाई प्राप्त मत बराबर हुनु तर प्रतिपक्षको प्रमुख र गठवन्धन का उपप्रमुखलाई बढी मत आउनुले स्पष्ट संकेत गरेको छ कि गठबन्धन मा माओवादी ईमान्दार बन्न सकेन यो आरोप होईन तथ्याङ्क हो । उम्मेदवारका ब्यक्तिगत प्रभाव त रहन्छनै साथै निर्वाचन लाई प्रभावित बनाउने गरी आर्थिक चलखेल को शंका गर्ने आधार देखिन्छ ।
निर्बाचन बाट प्रमुखमा नेकपा एमालेका सुरज केसी र उप–प्रमुखमा प्रत्यक्षरुपमा गठबन्धनको मतले भारी मतान्तर राख्दै माओवादी बाट ज्योति लामिछाने पौडेल विजयी हुनुभएको छ । १० वडा मध्य १, ५, ६, ८ र १० गरी ५ वडा नेकपा एमाले ले हात पारेको छ त्यस्तै २,७ र ९ मा गठवन्धनको मत सहित कांग्रेस र ३ र ४ नं. वडामा नेकपा माओवादीले एकल रुपमा जित हाँसिल गर्न सफल भएको छ । प्रमुख र उपप्रमुखमा गठवन्धन गरेको आधारमा हेर्ने हो भने वडामा नेकपा एमाले एक्लै ५० प्रतिशत र गठवन्धन ५० प्रतिशत देखिन्छ । त्यसबाहेक हेर्दा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा देखियो । कार्यपालिका मा मनोनित गर्ने सदस्य संख्यामा यो अंकगणित ले प्रभाव राख्ने देखिन्छ भने मनोनयन पूर्व एमाले प्रमुख सहित ६ गठबन्धन उपप्रमुख सहित ६ देखिन्छ । निर्वाचन को समयमा नेकपा एमाले र माओवादी बिच वा भनौं यि दलका उम्मेदवार र तिनका प्रतिनिधि बिचमा कहिकतै अन्य सम्झौता भएको (मत परिणाम ले त्यसो भन्छ) अवस्था रहेछ भने प्रमुख र उपप्रमुख सहित ९ र कांग्रेस ३ मात्र देखिन्छ । यद्यपि संबिधान ले स्थानिय तहमा प्रतिपक्षको कल्पना गरेको छैन तर २०७४ को निर्वाचन पछिको पहिलो अवधि लाइ फर्केर हेर्ने हो भने बेनी नगरपालिका मा स्पष्ट पक्ष प्रतिपक्षको भूमिका देखिएको थियो ।

बिगत लाई नियाल्ने हो भने एउटा मात्र वडा र प्रमुख कांग्रेस बाट र ८ वडा एमाले सहित उपप्रमुखमा एमाले को मतले बिजयी रहेको अवस्थामा रहेको थियो । निर्णायक उपस्थिति रहेको एमाले राप्रपाको टिम प्रमुख लाई आरोप लगाउनमै पांचबर्ष खर्च गर्यो । जिल्लामा रहेको एउटा मात्र नगरपालिका तुलनात्मक रूपमा अन्य ५ गाउँपालिका भन्दा पछाडी रहेको अवस्थामा छ । नेपाली कांग्रेसबाट नगर प्रमुख जित्दैगर्दा अपेक्षित उपलब्धि देखिन नसक्नु पनि केहि हदसम्म अहिलेको परिणाम हो भन्न सकिन्छ ।

Bhautik ministry notice about road

मत जे जस्तो र दलीय रुपमा जस्को पल्लामा पुगेपनि अन्ततः दोस्रो पाँच बर्षे कार्यकालका लागी निर्बाचित टिम आईसकेको छ । यसबेला नगरमा गर्नुपर्ने दिर्घकालिन र अल्पकालिन कार्ययोजना बनाई जनपक्षीय काम हुन सकेन भने अर्कोपटक जनताले अर्कै परिणाम दिन सक्छन् तर त्यो भन्दा महत्वपूर्ण के हो भने सधैं भर परिक्षण मात्र गरेर बस्न नागरिक बाध्य हुनुहुदैन । जनताको चासो सम्बोधन हुने गरी काम गर्न कोही बाधक बन्नु हुदैन ।

Shreekrishna hardwear in news

नागरिक÷मतदाताहरु दिर्घकालिन विकासको पक्षमा भन्दा पनि ब्यक्तिगत साना साना उपलब्धि जस्तै टनेल, मिनि टेलर अनुदान, निः शुल्क सिफारिस जस्ता काम र निर्बाचन का समयमा पाउने सानो रकममा भुल्ने हो भने विकास सम्भव छैन । सकारात्मक कामको समर्थन गर्दै गलत गर्दा औंलो ठड्याएर त्यसलाई रोक्न सक्ने सक्षमता नागरिकमा हुनुपर्छ । जनता जहिल्यै प्रतिपक्ष हुन्छ भन्ने कुराको हेक्का जनताले राख्न सक्नुपर्छ ।

निर्वाचित टिमले जनतासामु गरिएका प्रतिबद्धता संगै उपबिजेता बनेका उम्मेदवारहरुका प्रतिवद्धता समेत लाई आधार मानेर योजना निर्माण र कार्यान्वयनमा नागरिक सहभागिताको सुनिश्चितता गरेर अगाडी बढ्न सक्नुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका एउटै निकायबाट सम्पादन हुने विशिष्टता रहेको हुंदा नीति निर्माण, नीति तथा कार्यक्रम कार्यान्वयन र न्याय सम्पादनमा बेनी नगरपालिका मा रहेका नागरिक ले महसुस गर्नेगरी काम हुनेछ । उपविजेताहरु प्रति उच्च सम्मान सहित कार्यकर्ता मुखि होईन जनमुखी बन्दै काममा लाग्न निर्वाचित सबैलाई बधाई तथा शुभकामना ।।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...