स्वास्थ्यका आचार्यलाई सफाई

Sinchai Khanipani notice

बेनी, । आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ ।

बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितको कर्मचारीले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य र उनकी पत्नी राधिका आचार्यको अभियोग दाबी नपुगेको भन्दै बिहिबार सफाई दिएको हो ।

Bhautik ministry notice about road

लामो बहस र अनुसन्धानपछि नियतबस फसाउन खोजिएको भन्दै निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर(अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मालाई समेत सफाई दिइएको जनाइएको छ ।

Shreekrishna hardwear in news

‘हामीलाई फसाउन गरिएका प्रयासहरुमा प्रमाण नै पुगेन, यति धेरै समय दुख पाइयो,’ आचार्यले भन्नुभयो । मुद्धाले कार्यालय बाहेक सेवाग्राहीलाई समेत सास्ती भएपनि अन्तिममा सत्यको विजय भएको आचार्यको भनाई छ । पेस्की फछ्र्योट गरिदिने वाहनामा लिएको १ लाख ३० हजार रुपैयाँसहित कार्यालयबाटै अख्यितारको टोलीले नियन्त्रणमा लिएको थियो ।

सोही प्रकरणमा आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य कार्यालय म्याग्दीले सम्पन्न गरेका कार्यक्रमहरुको अनुसन्धानको क्रममा मुद्धा हाल्ने आचार्यले पेश्की लिएर सम्पन्न गरेका कार्यक्रमहरुमा अस्वभाविक बिल र फर्जी बिल भरपाई पेश गरेर आर्थिक हिनामिना गरेको भेटिएपछि दम्पत्तीलाई नै नियन्त्रणमा लिएर अनसुन्धान समेत गरिएको थियो । घुस मागेको अभियोगबाट सफाई पाएपछि कर्मचारीलाई पुन काममा फर्किने बाटो खुलेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...