म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमालेका भारत अध्यक्ष र दिवा उपाध्यक्षमा निर्वाचित

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।

पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुन निर्वाचित हुनुभएको हो ।

Bhautik ministry notice about road

अध्यक्षमा विजयी पुनले चार हजार ५८ र उपाध्यक्षमा निर्वाचित तिलिजाले चार हजार १५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसका बलहादुर तिलिजाले गाउँपालिका अध्यक्षमा तीन हजार ३१६ र उपाध्यक्षमा ललिता तिलिजाले तीन हजार ३५८ मत पाउनुभएको छ ।

Shreekrishna hardwear in news

१२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका थिए । आठ वटा वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र काँग्रेसले तीन वटा वडाको अध्यक्ष जितेका छन् ।

वडा नम्बर १ मा उमालेका दिलिपकुमार गर्बुजा, २ मा एमालेका ओम फगामी, ३ मा रमेश पुर्जा, ४ मा काँग्रेसका लोकबहादुर फगामी, ५ मा काँग्रेसका राजेश तिलिजा, ६ मा काँग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पुर्जा पुन र ८ मा एमालेका खम गर्बुजा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...