अन्नपूर्ण ६ को वडा अध्यक्षमा काँग्रेसका रामबहादुर खड्का निर्वाचित

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार रामबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

काँग्रेसका रामबहादुर खड्काले ७०६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा एमालेका भक्तबहादुर खड्काले ६५८ मत पाउनुभयो । वडा सदस्यमा काँग्रेसका पुष्पा बानिया बरुवाल, एमालेका चिनबहादुर पुन, क्षेत्रबहादुर बरुवाल र जमुना परियार निर्वाचित हुनुभएको छ ।

Bhautik ministry notice about road

आठ वटा मध्य ६ वटा वडाको मतगणना सकिँदासम्म गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुनले दुई हजार ९३६, काँग्रेसका बलबहादुर तिलिजाले दुई हजार ७७०, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले तीन हजार ८६ र काँग्रेसका ललिता तिलिजाले दुई हजार ६६४ मत पाउनुभएको निर्वाचत अधिकृत जानुका सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

१२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । छ हजार चार मत गणना सकिएको छ । एक हजार ७९९ मत गणना गर्न बाँकी छ । अन्नपूर्णको १ मा एमालेका दिलिपकुमार गर्बुजा, २ मा एमालेका ओमप्रकाश फगामी, ३ मा एमालेका रमेश पुर्जा, ४ मा काँग्रेसका लोकबहादुर फगामी र ५ मा काँग्रेसका राजेश तिलिजा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...