![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी, । म्याग्दीको मंगला गाउँपालिकामा स्थानीय तह निर्वाचनमा विजयी उमेद्वारलाई बुधबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।
बाबियाचौर स्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा निर्वाचित २७ जनालाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
सोमबार सम्पन्न मतगणनामा एमालेका उमेद्वार सतप्रसाद रोका अध्यक्षमा दोस्रो कार्यकालका लागि तीन हजार ९६८ मत ल्याएर विजयी हुनुभएको थियो । उपाध्यक्षमा प्रेमकुमारी अधिकारी (पेमा)ले चार हजार २६१ ल्याएर विजयी हुनुभएको थियो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
१३ हजार ४१६ मतदाता रहेको मंगला गाउँपालिकामा ६५.७२ प्रतिशत अथवा आठ हजार ८१७ मत खसेको थियो । पाँच वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थियो । तीन वटा वडामा एमाले, काँग्रेस र माओवादीले एक÷एक वटा वडामा जितेका छन् ।
मंगला गाउँपालिका–१ कुहुँमा नेकपाका एकजित रोका, २ मा एमालेका धनबहादुर खाती क्षेत्री, ३ मा माओवादीका यामबहादुर रोका, ४ मा काँग्रेसका लालबहादुर रोका र ५ मा एमालेका भुपेन्द्र खत्री क्षेत्रीको प्यानल निर्वाचित भएका थिए ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)