विजयी उमेद्वारलाई निर्वाचित भएको प्रमाणपत्र वितरण र सपथ खुवाइयो

Gandaki Pardesh notice

बेनी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीको स्वागत र अघिल्लो कार्यकालका जनप्रतिनिधीको बिदाई

बेनी । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका पाँच वटा स्थानीय तहका प्रमुख र अध्यक्षलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ ।

मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले उनिहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मंगलाका अध्यक्ष सतप्रसाद रोका र रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीलाई प्रमाणपत्र वितरण र सपथ ग्रहण गराउनुभएको हो ।

Shreekrishna hardwear in news

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनी नगरपालिकाको उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा निर्वाचित उमेद्वारहरुलाई पनि प्रमाणपत्र वितरण गरेको छ । मंगला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले पनि विजयी उमेद्वारहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको जनाएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र वितरण गरेपछि बेनी नगरपालिकाको सभाहलमा नगर प्रमुख केसीले उपप्रमुख ज्योती लामिछाने पौडेल, दश वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको छ ।
निवर्तमान नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल लगायत कर्मचारीहरुले नवनिर्वाचित जनप्रनिधीहरुलाई स्वागत गर्नुभएको थियो । निवर्तमान जनप्रतिनिधीहरुलाई नवनिर्वाचितले बिदाई गर्नुभएको थियो ।

नगरप्रमुख केसीले जनप्रतिनिधी र कर्मचारीका कारणले नागरिकले सास्ती पाउने अवस्थाको अन्त्य गर्दै, भौतिक पूर्वाधारसँगै नगरवासीलाई आयआर्जनमा जोडेर आर्थिक, सामाजिक स्तर सुधारमा जोड दिने प्रतिवद्धता कार्यान्वयन गर्ने बताउनुभयो ।
“नगरपालिकामा पाँच वर्ष जनताको दुख र अप्ठ्यारमा साथ दिन चौविसै घण्टा तयार हुन आएका हौ । कर्मचारी र हामी जनप्रतिनिधी सँगसँगै हुनुपर्छ,” उहाँले भन्नुभयो “हामीले छोड्ने बेलामा नगरवासीको आयस्तर बढाउने योजनामा केन्द्रित हुनुपर्छ ।”

Bhautik ministry notice about road

उपप्रमुख लामिछानेले थालिएका सकारात्मक कार्यक्रम र योजनालाई निरन्तरता, कमजोरीको समिक्षा र सुधार गरेर नयाँ योजनाका साथ नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणलाई अघि बढाउने बताउनुभयो ।

“यहाँहरुले गर्नुभएको कामहरुको उच्च मुल्याङ्कन गर्दै निरन्तरता र थप कामहरुमा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौ,” उहाँले भन्नुभयो “जनप्रतिनिधी, कर्मचारी र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेरै नगरपालिकालाई सम्बृद्ध बनाउन सकिन्छ ।”

निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवालले ऐनकानुन, कर्मचारी ब्यवस्थापन र भौतिक पूर्वाधारको आधार तयार पारिएको बताउदै त्यसैलाई आधार मानेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सुझाव दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकाको वस्तु अवस्था, समस्या, सम्भावनाको विषयमा जानकारी गराउनुभएको थियो ।

शाखा अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनपा ६ मा दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित कृष्णसिंह बानियाले अघिल्लो कार्यकालमा थालेका कामलाई पूर्णता दिदै थप नयाँ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...