अन्नपूर्णको मतगणना सूचारु, नारच्याङमा काँग्रेसको प्यानल विजयी

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना कार्य तीन दिनपछि बुधबार दिउँसोदेखि सूचारु भएको छ ।

नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर ३ दानामा खसेको र गणना भएको मत संख्या फरक परेको भन्दै पुनःमतगणनाको माग गर्दै निवेदन दिएपछि आइतबार दिउँसो १२ बजेदेखि मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले सोमबार पुनःमतगणना आवश्यक नदेखिएकाले बाँकी वडाहरुको मतगणना सूचारु गराउन निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

Shreekrishna hardwear in news

जिल्ला र पालिका स्तरमा राजनीतिक दल र उमेद्वार सहितको सर्वदलीय, सर्वपक्षीय बैठक बसेर बुधबार दिउँसो १ बजेदेखि मतगणना शुरु गरिएको सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

वडा नम्बर ४ नारच्याङमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार लोकबहादुर फगामीको प्यानलविजयी भएको छ । फगामीले ६०६ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तेज गुरुङले ४०१ मत पाउनुभयो ।

वडा सदस्यमा काँग्रेसका भीमबहादुर शेर्पुजा, श्याम पुर्जा, यामकुमारी सोन्तजा र सुकमाया विश्वकर्मा निर्वाचित हुनुभएको छ । एक हजार ५९ मत खसेको नारच्याङबाट गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुनलाई ४०८, काँग्रेसका बलबहादुर तिलिजालाई ५९२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी तिलिजालाई ४१० र काँग्रेसकी ललिता तिलिजालाई ५८६ मत प्राप्त भएको छ ।

चार वटा वडाको मतगणना सकिँदासम्म अध्यक्षमा एमालेका भारतले एक हजार ६१४, काँग्रेसका बलबहादुरले एक हजार ४२५, उपाध्यक्षमा एमालेकी दिवाले एक हजार ६२६ र काँग्रेसकी ललिताले एक हजार ४२३ मत पाउनुभएको छ ।

१२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । वडा नम्बर १, २ र ३ मा एमालेका क्रमश ः दिलिपकुमार गर्बुजा, ओमप्रकाश फगामी र रमेश पुर्जा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...