स्थगित भएको अन्नपूर्ण गाउँपालिकाको मतगणना शुरु भएन्

Add Samajik bikash office

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना दुई दिनदेखि स्थगित भएको छ । म्याग्दीका छ मध्य पाँच वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएपनि पाँच वटा वडा सहित अन्नपूर्णको मतगणना कार्य रोकिएको हो ।

नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर ३ दानाको पुनःमतगणनाको माग गरेपछि आइतबार विहान १२ बजेदेखि मतगणना रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले पुनःमतगणनाको निवेदन सोही दिन निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले सोमबार पुनःमतगणना आवश्यक नदेखिएकाले बाँकी वडाहरुको मतगणना सूचारु गराउन निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

Shreekrishna hardwear in news

जिल्ला प्रशासन कार्यालयमा मंगलवार बसेको निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधी तथा उमेद्वारहरुको बैठकले पुनःमतगणना गर्ने निर्णय गरेको थियो ।

Bhautik ministry notice about road

निर्वाचन अधिकृत जानुका सुवेदीले पुनःमतगणनाका लागि तयार रहेपनि दल र उमेद्वारका प्रतिनिधीले समय मागेको बताउनुभयो । “हामी तयार छौ,” उहाँले भन्नुभयो “दल र उमेद्वारले समय माग्नुभएको छ । मतगणना सूचारु गर्न दल र उमेद्वारको सहमतिको पर्खाइमा छौ ।”

निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।

वडा नम्बर ४ को मतगणना गर्न थालेपछि केसी र काँग्रेसका प्रतिनिधीले पुनःमतगणनाको माग गरेका थिए । अन्नपूर्ण–३ मा खसेको मत भन्दा गणना भएको मत संख्या बढी भएको काँग्रेसका नेताहरुको भनाई छ ।

एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रवार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो । नेपाली काँग्रेसका गाउँपालिका सभापति समेत रहेको गाउँपालिका अध्यक्षका उमेद्वार बलबहादुर तिलिजा पुनले आफूहरु छलफलमै रहेको प्रतिक्रिया दिनुभयो ।

नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जाले सोमबार विज्ञप्ति जारी गर्दै बिधि र नियम अनुसार मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोग र स्थानीय प्रशासनसँग माग गर्नुभएको थियो ।

स्थगित भएपछि मतगणना स्थल शिलवन्दी गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । अन्नपूर्ण १ मा एमालेका दिलिपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित भएका थिए । अन्नपूर्णको २ वटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, काँग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र काँग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...