चुनाव जितेका उमेद्वार खुसीयाली मनाउन, मतदातालाई धन्यवाद दिन र बधाई थाप्न व्यस्त

Add Samajik bikash office

बेनी । स्थानीय तह चुनाव जितेका म्याग्दीका राजनीतिक दल र उमेद्वारहरुले मंगलबार विजय ¥याली गरेर खुसीयाली मनाएका छन् ।

बेनी नगरपालिकाको मेयर जितेको नेकपा एमाले र उपमेयरमा विजय हाँसिल गरेको माओवादी केन्द्रले मंगलवार बेनीमा छुट्टाछुट्टै विजय ¥याली निकालेका थिए । धवलागिरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेका नेपाली काँग्रेस र माओवादी केन्द्रले मुना देखि फलियागाउँ, मच्छिम, शिवाङ, ताकम र हिलापोखरीसम्म ¥याली गरेका छन् ।

जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि मोहनचोक, मिलनचोक, वारीवेनीमा ¥याली गरेका छन् । वडामा विजयी भएका उमेद्वारहरु पनि मतदाता, कार्यकर्तालाई भेटेर धन्यवाद दिन तथा खुसी साट्न व्यस्त छन् ।

Shreekrishna hardwear in news

पञ्चेवाजा सहित निकालिएको ¥यालीमा नेता कार्यकर्ताहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए । विजयी उमेद्वारहरुले मतदाताहरुलाई धन्यवाद दिएका छन् । मतदाताहरुले विजयी भएका उमेद्वारहरुलाई खविर, माला र खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन् ।

Bhautik ministry notice about road

मतपरिणाम सार्वजनिक भएका ४० वटा वडा मध्य एमालेले २०, काँग्रेसले १४ र माओवादीले ६ वटा वडामा जित हाँसिल गरेका छन् । अन्नपूर्ण गाउँपाकिला र ५ वडा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ अथवा ६६.२३ प्रतिशत मत खसेको थियो ।

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित हुनुभएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित भएका छन् ।

धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन विजयी भएका छन् । धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...