जलजलामा गठवन्धनको जित

Gandaki Pardesh notice

साजन परियार
मोहनचोक । पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उमेद्वार निर्वाचित भएका छन् ।

मोहनचोक स्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार दिउँसो सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षमा काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दिपक आचार्य (आकाश) विजयी हुनुभएको हो ।

Bhautik ministry notice about road

अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दिपकले चार हजार ७९२ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाउनुभएको छ । उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गर्नुभएको हो ।

Shreekrishna hardwear in news

जलजलाको ९ वटा मध्य पाँच वटामा एमाले, दुई वटामा काँग्रेस र दुई वटा वडामा एमालेले जितेका छन् । १ मा एमालेका जकबहादुर रोका, २ मा प्रकाश घर्ति, ३ मा एकेन्द्र खत्री, ४ मा भरत खत्री, ५ मा तिलक जिसी, ६ मा काँग्रेसका बलबहादुर पुर्जा पुन, ७ मा माओवादीका टुङ्गनाथ आचार्य, ८ मा काँग्रेसका हरिविकास जिसी र ९ मा माओवादीका गौबहादुर पुर्जा निर्वाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...