पाँच पालिका र ४० वडाको मतगणाना सकिदा म्याग्दीमा कसले कहाँ जिते ?

Add Samajik bikash office

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन् ।

मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध्य एमालेले २०, काँग्रेसले १४ र माओवादीले ६ वटा वडामा जित हाँसिल गरेका छन् । अन्नपूर्ण गाउँपाकिला र ५ वडा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित हुनुभएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् । रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, ५ मा गोविन्द बानिया, ६ मा कृष्णसिंह वानिया, ८ मा उत्तमकुमार कर्माचार्य, १० मा मसविर रोका, मंगला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, ५ मा भुपेन्द्र खत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ मा पथबहादुर रोका, ७ मा टकलाल पुन, धवलागिरी २ मा अकबहादुर विक, ४ मा यामबहादुर घर्ति, ६ मा राजाराम उपाध्याय, रघुगंगा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ७ मा रिम पाइजा, अन्नपूर्ण १ दोवामा दिलिपकुमार गर्बुजा, २ भुरुङ्ग तातोपानीमा ओमप्रकाश फगामी र ३ मा रमेश पुर्जा विजयी हुनुभएको छ ।

काँग्रेसबाट बेनपा २ मा याम कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ९ मा चक्र केसी, मंगला ४ मा लालबहादुर रोका, मालिका १ मा टंकप्रसाद पुन, ४ मा भिजेन्द्रमान पुन, ५ मा मिम पुन, धवलागिरीमा ३ मा देवेन्द्र रोका, ५ मा अमर छन्त्याल, रघुगंगा १ मा बिलबहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपुजा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रबाट बेनपा ३ मा पदम पुन, ४ मा अणबहादुर खड्का (भगवान), मंगला ३ मा याम रोका, मालिका ३ मा मोतिप्रसाद बुढा, धवलागिरी १ मा झकबहादुर छन्त्याल र ७ मा अशोक खत्री निर्वाचित हुनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...