बेनपा–९ मा गठवन्धन र १० मा एमाले विजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा नेपाली काँग्रेस र माओवादीको गठवन्धन तथा वडा नम्बर १० पात्लेखेतमा एमालेका मसविर रोकाको प्यानल निर्वाचित भएका छन् ।

घतानमा काँग्रेसका चक्रबहादुर केसीले एक हजार २२५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका मनबहादुर खड्काले ८५३ मत पाउनुभयो । वडा सदस्यमा केसीको प्यानलका गणेश शर्मा, झलकबहादुर विश्वकर्मा, गंगा पुरी र शारदा वि.क. निर्वाचित हुनुभएको छ ।
घतानमा काँग्रेसले वडा अध्यक्ष सहित ३ र माओवादीले दुई खुल्ला सदस्य लिएर काँग्रेसकै चुनाव चिन्हमा उमेद्वारी दिएका थिए । गत चुनावमा घतानमा एमालेले जितेको थियो ।

Bhautik ministry notice about road

गत चुनावमा काँग्रेसले जितेको बेनपा १० पात्लेखेतमा यसपाली एमालेका वडा अध्यक्षका उमेद्वार मसविर रोकाको प्यानल निर्वाचित भएको छ । रोकाले ४६७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका शिवबहादुर शाहीले ४६० मत पाउनुभयो । ७ मतले एमालेका रोका विजयी हुनुभएको छ ।

Shreekrishna hardwear in news

वडा सदस्यहरुमा रोकाको प्यानलका निर्मला मल्ल, वेगमबहादुर पाइजा, जानकी शर्मा र सरिता वि.क. पुन निर्वाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...