बेनीको मेयरमा एमालेका सुरत र उपमेयरमा माओवादीकी ज्योती विजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।

मेयरमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । मेयरमा नेपाली काँग्रेसका चिरञ्जिवी शर्माले छ हजार २३० र उपमेयरमा एमालेकी पशुपति शाहीले पाँच हजार ५०० मत पाएका छन् ।

Bhautik ministry notice about road

बेनीको मेयर, उपमेयर र पाँच वटा वडामा काँग्रेस र माओवादीले तालमेल गरेर साझा उमेद्वार बनाएका थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा २१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

Shreekrishna hardwear in news

एमालेले पाँच, काँग्रेसले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेका छन् । वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, २ मा काँग्रेसका यामबहादुर कार्की, ३ मा माओवादीका पदम पुन, ४ मा माओवादीका भगवान खड्का, ५ मा एमालेका गोविन्द वानिया, ६ मा एमालेका कृष्णसिंह बानिया, ७ मा काँग्रेसका रमेश श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा काँग्रेसका चक्र केसी र १० मा एमालेका मसविर रोका वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...