रघुगंगा–६ पाखापानीमा काँग्रेसको शेरपुञ्जा ४ मतान्तरले विजयी

Gandaki Ghumau

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मनकुमार शेरपुञ्जा निर्वाचित हुनुभएको छ ।

Gunasthariya Shiksya

शेरपुञ्जाले एमालेका सम्सेर पाइजालाई चार मतान्तरले पछि पार्दै दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । शेरपुञ्जाले ५५६ र पाइजाले ५५२ मत प्राप्त गर्नुभएको छ ।
वडा अध्यक्षमा निर्वाचित शेरपुञ्जा काँग्रेसको रघुगंगा गाउँपालिका सभापति हुनुहुन्छ । वडा सदस्यमा दलप्रसाद पुन, टेकजित छन्त्याल, मिना पुन र निर्मला विक निर्वाचित हुनुभएको छ ।
६ वटा वडाको मत गणाना सकिदाँसम्म गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारीले तीन हजार २६६, एमालेका प्रेमबहादुर कार्कीले दुई हजार ७३५, उपाध्यक्ष्ँमा एमालेकी यामकुमारी गर्बुजाले दुई हजार ७०६, काँग्रेसकी प्रेमकुमारी पुनले दुई हजार ५८६ मत पाउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...