धवलागिरी–४ मुदीमा एमाले विजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको को वडा अध्यक्षमा नेकपा एमालेका यामबहादुर घर्ति विजयी हुनुभएको छ ।

Bhautik ministry notice about road

घर्तिले ६७४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका घनबहादुर रोका मगरले ३२९ मत पाउनुभयो । वडा अध्यक्षमा निर्वाचित घर्ति सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । उहाँ हालै मुदीको वडा सचिवबाट सेवा निवृत्त हुनुभएको थियो । वडा सदस्यमा एमालेकै रिम रोकामगर, हरिप्रसाद तिलिजा, सन्ता गर्वुजा र सिता देवी कार्मी निर्वाचित हुनुभएको छ ।
धवलागिरीका ४ वटा वडाको मतगणना सकिदाँसम्म अध्यक्षमा एमालेकी थमसरा पुनले एक हजार ५०५, काँग्रेसका प्रेमप्रसाद पुनले एक हजार ४८५, उपाध्यक्षमा माओवादीका रेशम पुनले एक हजार ६०१ र एमालेका प्रगति कार्कीले एक हजार २१६ मत पाउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...