मंगला ४ मा काँग्रेसको प्यानल विजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार लालबहादुर रोकाको प्यानल निर्वाचित भएको छ ।

रोकाले ३३३ मत ल्याएर विजयी हुँदा एमालेकी लक्ष्मी बुढाथोकीले ३०५ र माओवादी केन्द्रकी मनमाया चोचाङ्गीले २८५ मत पाउनुभयो । वडा सदस्यमा काँग्रेसका होमबहादुर बुढाथोकी, हरि पुन, होममाया पुन बुढाथोकी र श्रीकला घिमिरे विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

मंगलाको ४ वटा वडाको मतगणना सकिदा अध्यक्षमा एमालेका सतप्रसाद रोकाले दुई हजार ९९८, काँग्रेसका बिरेन्द्र बुढाथोकीले दुई हजार ६०, माओवादीका टेकबहादुर बिकले एक हजार २७० मत पाउनुभएको छ ।

Shreekrishna hardwear in news

उपाध्यक्षमा एमालेकी पेमा अधिकारीले तीन हजार १०७, काँग्रेसकी सर्मिला थापाले एक हजार ९९८ र माओवादीकी सुकमाया रोकाले एक हजार १८७ मत पाउनुभएको छ । पाँच वटा वडा रहेको मंगलाको अव वडा नम्बर ५ अर्मनको मात्र मत गन्न बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...