म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित

Gandaki Pardesh notice

म्याग्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर ३ को पुनःमतगणनाको माग गरेपछि विहान १२ बजेदेखि रोकिएको मतगणना अझै शुरु भएको छैन् ।

निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधीहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ । निर्वाचन अधिकृत जानुका सुवेदीले पुनमतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वडा नम्बर ४ को मतगणना गर्न थालेपछि केसी र काँग्रेसका प्रतिनिधीले पुनःमतगणनाको माग गरेका हुन् । अन्नपूर्ण–३ मा खसेको मत भन्दा गणना भएको मत संख्या बढी भएको केसीको भनाई छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रवार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो ।

पुनमतगणनाको माग गर्दै काँग्रेसका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नारावाजी गरेका थिए । बिवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर जानुभएको थियो । निर्वाचन अधिकृतको कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अन्नपूर्ण १ मा एमालेका दिलिपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित हुनुभएको थियो । अन्नपूर्णको २ वटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, काँग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र काँग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...