बेनपा–३ मा माओवादी विजयी

Shreekrishna hardware

बेनी, १ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदम पुन निर्वाचित हुनुभएको छ ।

पुनले ७०५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका होमबहादुर रोकाले ४६२, एमालेका गेमबहादुर घर्तिमगरले २५१ र मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुनले १२० मत पाउनुभएको छ । सदस्यमा काँग्रेसका भिमबहादुर थापामगर, माओवादीका रत्नबहादुर जिसी, दुरपति छन्त्याल र ससिकला सुनार विजयी हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

तीन वटा वडाको मतगणना सकिदा नगर प्रमुखमा एमालेका सुरत केसीले दुई हजार २७०, नेपाली काँग्रेसका चिरञ्जिवी शर्माले दुई हजार ६९, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका ज्योती लामिछाने पौडेलले दुई हजार ३७३ र एमालेकी पशुपति शाहीले एक हजार ४४८ मत पाउनुभएको छ ।

Shreekrishna

बेनपा १ मा एमालेका टेकबहादुर थापा, २ मा गठबन्धनका तर्फबाट काँग्रेसका यामबहादुर कार्की विजयी हुनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...