मंगला–३ को अध्यक्षमा माओवादीका रोका विजयी

Gandaki Ghumau

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामबहादुर रोका विजयी हुनुभएको छ ।

रोकाले ७९१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका कविन्द्र रोकाले ५७७, काँग्रेसका टेकबहादुर छन्त्यालले २१५ र राप्रपाका सिंहप्रसाद तुलाचनले १९ मत पाउनुभयो । वडा सदस्यमा माओवादीका नन्दलाल गिरी, भेषकुमारी पुन, टिकादेवी कामी र एमालेका कुलबहादुर थापा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा सदस्यमा एमालेका थापाले माओवादीका मिलन रोकालाई ५ मतले पराजित गर्नुभएको हो ।

Gunasthariya Shiksya

तीन वटा वडाको मतगणना सकिदाँ मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोकाले दुई हजार ६९८, नेपाली काँग्रेसका बिरेन्द्र बुढाथोकीले एक हजार ७१९, नेकपा माओवादी केन्द्रका टेकबहादुर बिकले ९८३, राप्रपाका योगेन्द्रमान शेरचनले ६८ र मंगोलका गिरु रोकाले १४ मत पाउनुभएको छ ।

Shreekrishna

उपाध्यक्षमा एमालेकी पेमा अधिकारीले दुई हजार ८१५, काँग्रेसकी सर्मिला थापाले एक हजार ६५९, माओवादीकी सुकमाया रोकाले ९०३ र राप्रपाकी विन्दु मल्लले ८७ मत पाउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...