रघुगंगा–४ मा काँग्रेसको प्यानल विजयी

Add Samajik bikash office

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार पविन गर्वुजाको प्यानल विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत पाउनुभयो । वडा सदस्यमा काँग्रेसका राजकुमारर गर्बुजा, आरती विक, कुमारी पुर्जा गर्बुजा र चित्रबहादुर गर्बुजा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

रघुगंगाको ४ वटा वडाको मतगणाना सकिदाँ गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारी दुई हजार ३८१, एमालेका प्रेमबहादुर कार्कीले दुई हजार ४७ र माओवादीकी मिना विश्वकर्माले ८३७ मत पाउनुभएको छ । उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजा एक हजार ९४४, माओवादीका रिम कटुवालको उक हजार ७०० र काँग्रेसकी प्रेमकुमारी पुनको एक हजार ६९२ मत आएको छ ।

Shreekrishna hardwear in news

रघुगंगा १ मा काँग्रेसका बिलबहादुर फगामी, २ मा एमालेका अमृत भण्डारी, ३ मा एमालेका खिमबहादुर शाहीको प्यानल निर्वाचित भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...