म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।

अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाउनुभयो । उपाध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकीले तीन हजार १३९ मत पाउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेकपा एमालेको मालिका गाउँपालिका कमिटी अध्यक्ष रहेका गर्बुजा वि.स. २०७४ को चुनावमा काँग्रेसका रोकासँग ८५ मतले पराजित हुनुभएको थियो । मालिका गाउँपालिका वडा नम्बर ७ को स्थायी बासिन्दा गर्बुजा किसानी प्राविधिक शिक्षालयको संस्थापक हुनुहुन्छ ।
मालिका–७ बिमको वडा अध्यक्षमा एमालेका टकबहादुर पुनले ४२७ मत ल्याएर बिजयी हुनुभयो । पुनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का रुविन्द्र जुग्जालीले ३६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्षमा १२१, उपाध्यक्षमा २१ र वडा अध्यक्षमा ५८ मतान्तरले जितेका हुन् ।

वडा नम्बर ७ को वडा सदस्यमा एमालेका तिलकबहादुर जुग्जाली, हर्कमान जुग्जाली, रजनी रोका जुग्जाली र भिमसरा रसाइली विजयी हुनुभएको छ । १३ हजार २०१ मतदाता रहेको मालिका गाउँपालिकामा ६७.७६ प्रतिशत अथवा आठ हजार ९४६ मत खसेको थियो ।

मालिकामा ३७ पदका लागि १४७ जना चुनामी मैदानमा उत्रिएका छन् । ७ वटा वडा रहेको मालिकामा एमाले र काँग्रेसले ३÷३ र माओवादीले एक वटा वडा जितेका छन् । वडा नं.१ मा काँग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयबहादुर बुढाथोकी, ३ मा माओवादीका मोतिप्रसाद बुढा, ४ मा काँग्रेसका भिजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिम पुन र ६ मा एमालेका पथबहादुर रोका वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...