रघुगंगा–३ पिप्लेमा एमाले विजयी

Add Samajik bikash office

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार खिमबहादुर शाहीको प्यानल विजयी भएको छ ।

गत चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेर पराजित बनेका शाही पुर्व गाविस अध्यक्ष हुनुहुन्छ । शाहीले ८८६ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका रेशमबहादुर कटुवालले ८५९ र नेपाली काँग्रेसका अशोक शाहीले ४३८ मत ल्याउनुभएको छ ।

Bhautik ministry notice about road

वडा सदस्यमा एमालेका जितबहादुर खत्री, राम्जी शर्मा, जयन्ती मल्ल भण्डारी र आइती दर्जी निर्वाचित हुनुभएको छ । गत चुनावमा पिप्लेमा काँग्रेसले जितेको थियो ।

Shreekrishna hardwear in news

तीन वटा वडाको मतगणना सकिदासम्म रघुगंगाको अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले एक हजार ९४८, काँग्रेसका भवबहादुर भण्डारीले एक हजार ९७६, उपाध्यक्षमा माओवादीका रिमबहादुर कटुवालले एक हजार ६२३ र एमालेकी यामकुमारी गर्बुजाले एक हजार ८४२ मत पाउनुभएको छ ।

रघुगंगाको १ मा काँग्रेसका बिलबहादुर फगामी र २ मा एमालेका अमृत भण्डारीको प्यानल विजयी भएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...