बेनपा–२ मा गठबन्धन विजयी, मेयरमा एमाले र उपमेयरमा माओवादी अगाडी

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वार विजयी भएका छन् ।

गठवन्धनबाट वडा अध्यक्षको उमेद्वार बनेका काँग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी हुँदा एमालेका डम्मर सापकोटाले ७१८ र स्वतन्त्र उमेद्वार सम्राट सापकोटाले ४० मत ल्याउनुभयो ।

Bhautik ministry notice about road

वडा सदस्यमा गठवन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा र बिष्णुकुमारी सार्की विजयी हुनुभएको छ । १० वटा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट माओवादीका उमेद्वारले अग्रता लिएका छन् ।

Shreekrishna hardwear in news

मेयरमा एमालेका सुरत केसीले १६१६, गठबन्धनबाट काँग्रेसका चिरञ्जिवी शर्माले एक हजार ४४३, उपप्रमुखमा गठबन्धनबाट माओवादीकी ज्योती लामिछाने पौडेलले एक हजार ४८७ र एमालेकी पशुपति शाहीले एक हजार १५६ मत पाउनुभएको छ ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका टेकबहादुर थापाको प्यानल विजयी भएको थियो । २१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...