धवलागिरी–२ को अध्यक्षमा एमाले विजयी, अध्यक्ष–उपाध्यक्षमा गठबन्धन अगाडी

Add Samajik bikash office

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार अकप्रसाद विक विजयी हुनुभएको छ ।

विकले ३३३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी गठबन्धनबाट वडा अध्यक्षका उमेद्वार ज्ञानबहादुर पाइजाले ३१६ मत पाउनुभयो । तीन जना एमाले र एक जना गठबन्धनबाट काँग्रेसका उमेद्वार वडा सदस्यमा विजयी भएका छन् ।

Bhautik ministry notice about road

महिला सदस्यमा काँग्रेसकी फुलमाया बुढाथोकी, एमालेका तिलराम दमै, मिमबहादुर पाइजा र दिलमाया विक निर्वाचित हुनुभएको छ । धवलागिरी गाउँपालिकामा खसेको छ हजार ६९४ मत मध्य दुई वटा वडाको एक हजार ८२ मत गणना गर्दा गठबन्धनका उमेद्वारले अग्रता कायम गरेका छन् ।

Shreekrishna hardwear in news

अध्यक्षमा हालसम्म गठबन्धनबाट काँग्रेसका प्रेमप्रसाद पुनले ६१६ र एमालेकी थमसरा पुनले ३३३, उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका रेशम पुनले ५७२ र एमालेका प्रगति कार्कीले २६१ मत पाउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...