मंगला–२ बाबियाचौरमा एमालेको प्यानल विजयी

Gandaki Ghumau

बेनी, । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार धनबहादुर खाती क्षेत्रीको प्यानल विजयी भएको छ ।

क्षेत्रीले ९०० मत ल्याएर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका श्रीराम पौडेलले ८४३, नेकपा माओवादी केन्द्रका कुलबहादुर पुनले १९८ र राप्रपाका विनोद केसीले ५६ मत प्राप्त गर्नुभएको छ ।

Gunasthariya Shiksya

वडा सदस्यहरुमा एमालेकै सरस्वती भट्टराइ, धनकुमारी विक, जगबहादुर पुर्जा र तिलकुमारी खत्री निर्वाचित हुनुभएको छ । दुई वडा वडाको मतगणना सकिदाँ मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोकाले दुई हजार ७८, नेपाली काँग्रेसका बिरेन्द्र बुढाथोकीले एक हजार चार सय पाँच, नेकपा माओवादी केन्द्रका टेकबहादुर बिकले ३४५, राप्रपाका योगेन्द्रमान शेरचनले ४८ र मंगोलका गिरु रोकाले १३ मत पाउनुभएको छ ।

Shreekrishna

उपाध्यक्षमा एमालेकी पेमा अधिकारीले दुई हजार १९०, काँग्रेसकी सर्मिला थापाले एक हजार ३७४, माओवादीकी सुकमाया रोकाले २५५ र राप्रपाकी विन्दु मल्लले ६१ मत पाउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...