मालिका–५ देविस्थानमा काँग्रेसको प्यानल विजयी

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार मिम पुनको प्यानल विजयी भएको छ ।

पुनले ७८३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तिले ६४०, नेकपा माओवादी केन्द्रका विनोद रानाले १३४ र नेशनल मंगोल अर्गनाइजेशनका वुद्धीप्रसाद फगामीले ६८ मत पाउनुभएको छ ।

Bhautik ministry notice about road

वडा सदस्यहरुमा काँग्रेसकै नविन घर्ति पुन, घनबहादुर फगामी, तुलसीदेवी पुर्जा र सरिता विक निर्वाचित हुनुभएको छ । सो वडाबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोकालाई ६२६, एमालेका बेगप्रसाद गर्बुजालाई ५३९, माओवादीका रेशमबहादुर जुग्जालीलाई ३८३ र मंगोलका खमबहादुर रोकालाई ७४ मत प्राप्त भएको छ ।

Shreekrishna hardwear in news

उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ७६९, एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ५८५, माओवादीकी गौरी सेन्चुरीलाई १६९ र मंगोलकी धनदेबी बुढालाई ७९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...