बेनी–१ रत्नेचौरमा एमालेको प्यानल विजयी

Add Samajik bikash office

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार टेकबहादुर थापाको प्यानल विजयी भएको छ ।

Bhautik ministry notice about road

थापाले ५३२ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरबहादुर थापा (निशान)ले ४७९ र नेपाली काँग्रेसका कमल थापाले ४६० मत प्राप्त गर्नुभयो ।
वडा अध्यक्षमा निर्वाचित थापा अघिल्लो कार्यकालमा वडा सदस्य हुनुहुन्थ्यो । उहाँ सेवा निवृत्त निजामति कर्मचारी हो । वडा सदस्यहरुमा निर्मला सापकोटा, कुमारी किसान, तारा थापामगर र राजकुमार थापा मगर विजयी हुनुभएको छ ।

सो वडाबाट नगरप्रमुखमा नेकपा उमालेका सुरत केसीले ७५४ र गठवन्धनबाट नेपाली काँग्रेसका चिरञ्जीवि शर्माले ६०१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले ५९९, एमालेकी पशुपति शाहीले ५६६ र राप्रपाका एकेन्द्र रावलले १६२ मत ल्याउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...